बुधबार, असार १०, २०८३

एनआरएन कान्साई सांगीतिक धमाकाको तयारी पुरा

जापान,१४ पुस । गैरआवासीय नेपाली संघ (एनआरएन)कान्साई क्षेत्रीय समितिको आयोजनामा अंग्रेजी नयाँ बर्ष २०१८ जनवरी १ मा कान्साइको ओसाका(उमेदा)मा रहेको होटल हिल्टनमा गर्न लागिएको सांगीतिक धमाकाको तयारी पुरा भएको आयोजकले जानकारी दिएका छ । अंग्रेजी नयाँ बर्ष २०१८ जनावरी १ मा नेपालकी चर्चित गायिका इन्दिरा जोसिले एनआरएन कान्साई ओसाका(उमेदा)मा रहेको होटल हिल्टनमा आयोजना गर्न लागिएको सांगीतिक धमाकामा तहल्का मच्चाउने छिन।

कार्यक्रममा गायक तथा संगीतकार चेतन सापकोटा गायक जिवन दाहाल र गायिका कृष्ण गुरुङको बिशेष प्रस्तुती रहने एन आर एन कान्साइले जानकारी दिएको छ ।यस्तै स्थानीय कलाकारहरु कुल्बिर थापा,दिनेश के सी, मनिषा तामांग, सुरज काफ्लेको साथमा चर्चित जापानिज डान्स ग्रुपको डान्स प्रस्तुति रहने कार्यक्रम संयोजक कृष्ण शर्मा गैरेले जानकारी दिनुभयो । बिगत बर्षहरुमा जस्तै यस बर्ष पनि अंग्रेजी नयाँ बर्षको अबसर पारेर एन आर एन कान्साइले सांगीतिक धमाकाका २०१८ जनावरी १ मा गर्न लागेको एनआरएन कान्साइका कार्यबाहाक संयोजक प्रेम प्रसाद कंडेलले जानकारी दिनुभयो। दिउसो ४ बजे देखी राती ९ बजेसम्म सन्चालन गरिने उक्त कार्यक्रमको तयारी लग्भग पुरा भएको कार्यक्रम संयोजक कृष्ण शर्मा गैरेले बताउनु भयो ।

कार्यक्रमबाट संकलन् भएको रकम नेपालको बिकट तथा ग्रामीण क्षेत्रको शैक्षिक पुर्बाधार निर्माणको सहयोगार्थ प्रदान गरिने एन आर एन कान्साइका सचिब महेन्द्र केसीले जानकारी दिनु भयो ।कार्यक्रममा उपस्थिती जनाइ सहयोग गरिदिनु हुन एनआरएन कान्साइले अनुरोध गरेको छ ।