निशान राना,जापान । नागोयामा सागर आले सांगीतिक कार्यक्रम हुने सम्पूर्ण तयारी पुरा नेपाल मगर संघ जापान द्वारा आयोजना गर्न लगिएको सागर आले सांगीतिक भेटघाट कार्यक्रम हुने भएको छ ।
नागोयाको सकाए स्थित एपीए होटलमा ३० डिसम्बर दिउसो १२ बजे देखि सुरु हुने कार्यक्रमको सम्पूर्ण तयारी पुरा भएको छ । नेपाल आईडलको प्रतिस्पर्धाबाट कम समयमा नै चर्चा कमाएका लोकप्रिय गायक सागर आलेले नागोयामा पनि सांगीतिक धमाका मच्याउने भएको छ। साथै उनि संगै आएका लोक तथा दोहोरि गायिका तारा श्रीस मगर र डान्सर बिष्णु दगामी मगरको पनि बेजोड प्रस्तुति रहने छ। अंग्रजी नया बर्ष २०१८ को अवसरमा गर्न लागिएको उक्त कायक्रमको मुख्य उदेस्य आम दर्शकलाई मनोरंजन दिनुका साथै कार्यक्रमबाट उठेको केहि रकम अशक्त ,असहाय बालबालिकाको लागि सहयोग गर्ने संघका अध्यक्ष गंगा घर्ती मगरले जानकारी दिएका छन् ।
२ हप्ता जापानको बसाईमा रहेको सागर आलेले डिसेम्बर चौबिसमा टोकियोमा आफ्नो प्रस्तुति दिई सकेका छन् । त्यसपछि क्रमस डिसेम्बर २९ तोचिकी,३० नागोया ३१ क्युसु र जवारी १ मा ऒसाकामा प्रस्तुति रहने जानकारी नागोयाका कार्यक्रम संयोजक दिलिप राना मगरले जानाकारी दिएका छन् । साकाए स्टेसनको २ नम्बर गेटबाट हिडेर ३ मिनेट लाग्ने उक्त सांगीतिक कार्यक्रममा आई कार्यक्रमलाई भब्य बनाई दिनुहुनको लागि नागोयाबासी नेपाली दाजुभाई तथा दिदीबैनीमा आयोजकले अनुरोध गरेका छन् ।
