सोमबार, जेठ २५, २०८३

एनआरएनए जापानको कार्ययोजनासहित जिम्मेवारी बाँडफाँड

टोकियो,१० पुस । गैरआवासीय नेपाली संघ जापान राष्ट्रीय समन्वय परिषदले सन २०१७ – १९ कार्यकालको लागि संरक्षक,सल्लाहकार,मानार्थ परिषद गठन(मनोनित) परिषदको विभागीय जिम्मेवारी बाँडफाँड र आगमी नीति तथा कार्ययोजना तय गर्ने जस्ता महत्वपूर्ण विषयहरुमा विभिन्न निर्णय गरेको छ ।

यस अघि,परिषदका अध्यक्ष टासि वा लामाको अध्यक्षतामा बसेको सचिवालयको बैठकले परिषदको भावि निति तथा कार्ययोजना राष्ट्रीय कमिटिको बैठकबाट अनुमोदन हुने गरी राष्ट्रीय कमिटिलाई पठाएको निर्णय मुताविक,डिसेम्वर  २३,शनिबारका दिन, वरिष्ठ उपाध्यक्ष देविलाल भण्डारीको अध्यक्षतामा बसेको दोश्रो नियमित बैठकले उल्लेखित विषयहरुमा निर्णय गरेको हो ।

एनआरएनए जापानको संरक्षकहरुमा 

एनआरएनए जापानका प्रवक्ता पर्शुराम बस्नेतद्वारा जारी विज्ञप्तिका अनुसार, बैठकले, प्रमुख संरक्षक नेपाली राजदुतावास टोकियो,महामहिम राजदुत प्रतिभा राणा,संरक्षकहरुमा,पुर्व एनससीसी जापानका अध्यक्षहरु,क्रमस: भवन भट्ट,राजन प्रधानाङ्ग,रोशन केसी,ओम गुरुङ् ,पारसमणी पोखरेल र सुदन थापालाई चयन गरेको छ ।

एनआरएनए जापानको सल्लाहकार परिषद

सल्लाहकारहरुमा,गोबिन्द श्रेष्ठ (रोविन्द),तुलसी राम खरेल,चिरञ्जीवी थापा,जिज्ञान कुमार थापा,नर बहादुर थापा,सरोज कँडेल,शरद गौचन,दिपक थापा,लोकनाथ वस्ती,बाबुराम भण्डारी,डिपी कँडेल,हवल चन्द्र लामा,डा.वेद काफ्ले,डा.विजय ज्ञवाली,महेन्द्र श्रेष्ठ,पासाङ् शेर्पा,दिलु खत्री,मोहन घले,पुष्कर जंग थापा,दिपक सुवेदी,विजय थकाली,मोहन लालचन र राधा थापालाई चयन गरिएको छ ।

त्यस्तै,क्षेत्रीय समन्वय सल्लाहकारहरुमा,कान्तोबाट शालिकराम भण्डारी,क्युसु-धर्म प्रसाद अधिकारी,कान्साई:नरेन्द्र बस्नेत,तोकाई होकिरिकु:दिपक घिमिरे,तोचिगी: रामशरण थापा,सेन्दाई तेज प्रसाद अर्याल,सिजुओका: नरेश महर्जन,निगाता: नारायण सुबेदी,गुन्मा:ज्ञनेन्द्र बहादुर पौडेल,होक्काईदो:राजन गिरी,ओकिनवा:संजीव श्रेष्ठ र हिरोसिमाका लागि,मेघनाथ कँडेललाई चयन गरिएको छ ।
बैठकले,विभाग गठन(कार्यदल)को कार्य सम्पादन सम्बन्धमा पनि निर्णय गरेको छ ।विज्ञप्तीमा उल्लेख भए अनुसार,विभाग गठन भएको १५ दिन भित्र,विभागको योजना कार्यसमितिमा पेश गर्नुपर्ने र कार्यसमितिको स्विकृती पश्चात सो योजनाको कार्यन्वयन गरिने छ । रिपोर्ट नबुझाउने,निष्कृय रहने,अन्य विबाद उत्पन्न भएमा सचिवालयबाट खारेजी हुनसक्ने पनि उल्लेख गरिएको छ ।

एनआरएनए जापानको निम्न ब्यक्तिहरुलाई विभागिय संयोजक जिम्मेवारी 

यसैगरी विभाग गठन संयोजकहरु पनि चयन गरिएको छ । जसम्मा,अनुशासन विभागमा:मेघराज नेपाल,साँगठनिक प्रशासन तथा क्षेत्रीय समन्वय व्यवस्थापन विभाग:महासचिव,खेलकुद विभाग:लिल गुरुङ्,युवा समन्वय विभाग:युवा संयोजक,सांस्कृतिक विभाग:आशिष रावल,सुचना तथा संघ संस्था समन्वय विभाग:प्रवक्ता,अतिथि सत्कार विभाग: महिला उपाध्यक्ष,आर्थिक र लेखा विभाग: कोषाध्यक्ष,विद्यार्थी विभाग : नेपाकेन,कानुनी सल्लाहकार विभाग: राजन पौडेल,महिला विभाग : महिला संयोजक,न्यायिक तथा मजदुर विभाग: उपाध्यक्ष सरोज कुमार खत्री,वुद्दीजीवी विभाग:डा.वेद काफ्ले,साहित्य विभाग:अनेसास अध्यक्ष,पर्यटन प्रवर्द्दम विभाग: सचिव,सामाजिक सेवा विभाग:वरिष्ट उपाध्यक्ष,प्राधिक विभाग:नारायण खड्का,लगानी तथा परियोजना विभाग:महासचिव,बालबालिका विभाग: सिर्जना पाण्डे,यातायात समन्वय विभाग:दिपक कँडेल,कार्यलय व्यवस्थापन विभाग :उपाध्यक्ष शिव प्र.पौडेल,
स्वास्थ्य प्रवर्द्दन विभाग:डा.दिपेन्द्र गौतम,अतिरिक्त कृयाकलाप विभाग:विरोध जैसी,भाषा प्रशिक्षण विभाग:बिसु भण्डारी चयन भएका छन् ।

यसका साथै,वुद्दीजीवी परिषद गठनको निर्णय पनि गरिएको छ। सो परिषदमा,पिएचडी गरेका नेपाली नागरिक र जापान वा नेपाल सरकारका विशेष प्राथमिकतामा परेका विशिष्ट व्यक्तित्वहरु रहने उल्लेख गरिएको छ ।

मृत्यु भएमा १० -१५ मान येन सहयोग गर्ने

आपतकालिन राहत कोषका सम्बन्धमा,कसैको मृत्यु भएमा १० मान येन सहयोग गर्ने(एनआरएनको सदस्य तथा विद्यार्थीको हकमा १५ मान येन सहयोग गर्ने)विरामी भई १ महिना भन्दा बढी अस्पत्ताल बस्नु परेमा अवस्था अनुसार सहयोग गरिने निर्णय भएको छ ।
दुतावास संग सहकार्य गरि विभिन्न कारणवस,जापानी कारावासमा रहेका नेपालीहरुको तथ्यांक संकलन गर्दै घटनाको अवस्था अनुसार,बर्गिकरण गरी आवश्यक सहयोगका लागि सम्बन्धित निकायसम्म पहल गरिने लगायतका निर्णय गरेको जनाईएको छ ।

बैठकले ४७ सदस्यीय मानार्थ परिषद गठन

बैठकले ४७ सदस्यीय मानर्थ परिषद गठन गरेको छ । जसमा,नेपाली राजदुतावासका उपनियोग प्रमुख परिषदका प्रमुख रहने गरी,पुर्व आईसिसी पदाधिकारी तथा सदस्य र एनआरएनए जापानका राष्ट्रिय कमिटीका पुर्व पदाधिकारीहरु क्रमस:डा.सुदिप अधिकारी,अरुण कुमार श्रेष्ठ,बेलु थापा,मुक्तिराम खनाल,राजन भट्टराई,आत्मराम गैरे,सन्देश पोख्रेल र सन्दिप ढुंगाना रहेका छन् । यसै गरी परिषदका बाँकी सदस्यहरुमा,विभिन्न समाजसेवी व्यक्तिहरुलाई चयन गरिएको छ । जसमा,अर्जुन अधिकारी,विश्वेश्वर रेग्मी,प्रल्हाद सिँह महत,ददिलाल खड्का,तेन्जिङ् सिमिजु,टिकाराम कँडेल,रबिन शेरचन,विकाश श्रेष्ठ,श्री गुरुङ् ,प्रकास थापा,प्रकाश पौडेल(माईला) सुरेश केसी,सिदार्थ श्रेष्ठ,सुरेश गिरी,पशुपती गिरी,विश्व सुबेदी,महेन्द्र कुमार अधिकारी,सागर भण्डारी,कृष्ण खनाल,यम खत्री,ईन्दिरा सुजुकी,चुडामणी भट्टराई,लाक्पा गेलु शेर्पा,राजिब श्रेष्ठ,बाबुराम पौडेल,अर्जुन अधिकारी,देबि ब.ईङ्नाम,पुरुषोतम सिग्देल,सुमन लिम्बु,देविलाल सुबेदी,सुशिल मल्ल,बिष्णु प्रसाद घिमिरे,राजन श्रेष्ठ, श्रवण सत्याल,चन्द्र उपाध्याय महेन्द्र बानियाँ,निमा लामा, र सुरेश लामिछाने रहेकाछन् ।

बैठकले परिषद सदस्यहरुलाई ५ हजार येन शुल्क तोकेको छ । यसका साथै परिषदको कुनै पनि निर्वाचनमा भाग लिन पाईनेछैन,भाग लिनका लागि परिषद गठन भएको मितीले ३६५ दिन भित्र मानर्थ परिषदको सदस्यबाट राजिनामा दिनुपर्ने उल्लेख गरिएको छ ।
बैठकले सामाजिक/न्यायिक निर्णयको रुपमा ,नेपाली कम्पनी तथा रेस्टुरेन्टमा काम गर्ने कामदारहरुको पारिश्रमिक सम्बन्धमा प्राप्त निवेदनहरुलाई सम्बोधन गर्दै, पारिश्रमिक लिन/दिन १ महिनाको समय दिने र १ महिना पछि पनि नभएमा समस्या समाधानका लागि,पिडित पक्षसंग निवेदन माग गरी सम्बन्धित निकायसंग समन्वय गर्ने निर्णय पनि गरेको छ । यस्तै,महासचिवको संयोजकत्व रहनेगरी,क्षेत्रीय कमिटी बिस्तार एवं सुझाव कमिटी गठन गर्ने तथा नेपालीहरुको बाक्लो वसोवास एवं आवतजावत हुने स्थान सिनओकुवो क्षेत्रलाई अझ व्यवस्थित र नेपाली र नेपाल चिनाउने स्थलको परिकल्पनासंगै सभ्य नेपाली बजार बनाउन प्रयास गरिने,नेपाली रेष्टुरेन्ट व्यवसायीहरु बिच,स्वच्छ प्रतिष्पर्धा,एकतार भातृत्वलाई मजबुत बनाउने उदेश्यका साथ समन्वयका लागि अध्यक्ष,महासचिव र प्रवक्तालाई जिम्मेवारी दिने निर्णय गरिएको जनाईएको छ ।

अंग्रेजी नयाँवर्ष २०१८ को शुभकामना कार्यक्रम
अंग्रेजी नयाँवर्ष २०१८ को अवसरमा शुभकामना आदान-प्रदान तथा चियापान कार्यक्रम पनि गर्ने भएको छ । संघका प्रवक्ता,बस्नेतका अनुसार चियापान समारोह,जनवरी ३ तारिख दिउँसो २ बजे सोलमारी मुराहल सिनओकुवोमा गरिनेछ । साथै सो समारोहमा जापानवासी सम्पूर्ण नेपालीहरुलाई गरिमामय उपस्थितीकालागि अनुरोध गरिएको छ ।

एनआरएनए जापानका प्रवक्ता पर्शुराम बस्नेतद्वारा जारी विज्ञप्तिको पुर्ण पाठnrna  

nrn