बुधबार, असार १०, २०८३

जनजाति महासंघ जापानको महाधिवेशन अनिश्चित

जापान,८ पुस । नेपाल आदिवासी जनजाति महासंघ जापानको १६ औ महाधिवेशन २४ तारिख नहुने भएको छ । जनजाति महासंघ जापान शाखाको महाधिवेशन अन्तिम समयमा आएर नहुने भएपछी अनिश्चित बनेको हो ।

शुक्रवार महासंघको अध्यक्ष पासाङ शेर्पाले एक विज्ञप्ति निकाली नेपाल आदिवासी जनजाति महासंघको १६ महाधिवेशन समयको अभावले गर्न नसकिने जानकारी दिनुभयो । अन्तिम समयमा दुई दिन अघि महाधिवेशन हुन नसक्ने जानकारी दिदै अध्यक्ष शेर्पाले यसबाट पर्न गएको असरप्रति सबैमा क्षमा माग्दै सकारात्मक प्रतिक्रियाको लागी अनुरोध गर्नु भएको छ । अन्तिम समयमा आएर महाधिवेशन अनिश्चित बनेपछि गर्ने र नगर्ने पक्षबीच कार्यसमितिमैं विवाद भएपछी अध्यक्ष शेर्पाले बिबाद भन्दा सहयोग र स्पष्ट बिचार धाराले एकजुट हुन सम्पूर्णलाई अनुरोध गरेका थिए । अध्यक्ष शेर्पाले अर्को मिति नतोकेसम्म स्थगित भएको जानकारी दिदैं आईवार नै यस वारे छलफल गर्ने जानकारी गराउनु भयो ।

उता नेपाल आदिवासी जनजाति महासंघ महाधिवेशन ब्यवस्थापन समिति नागोयाले १६ औं महाधिवेशन अन्तिम तयारी गरेको अवस्थामा अपरझट स्थगित हुनु दुखद भन्दै एक महिनाभित्र महाधिवेशन गर्न सुझाव दिएको छ ।