सोमबार, बैशाख ०७, २०८३

गजल

गजल ,
तिमीलाई खोज्न दिउँसै वत्ती वाल्या’छु अचेल
यी अनि यस्तै काममा समय फाल्या’छु अचेल

मनको लड्डु न हो अखिर मज्जाले खाईयाछ घ्यूसित
सपनीमा पनि त्यो सिउँदोमा सिंदुर हल्या’छु अचेल

याद यादमै रह्ये, मन मनमै रह्यो न पाईयो न गुमाईयो
लास्टाँ त्यै भो पिरतीमा, त्यसैले हल्का पिउन थाल्या’छु अचेल

किन कोट्याउँछौ अतित तिमी वुझ पचाउँदै
दीनभरीको काम अनि तिम्रो यादले गल्या’छु अचेल

-चित्र गुरुङ,टोकियो