सोमबार, जेठ २५, २०८३

गायिका सिर्जु अधिकारीको सांगीतिक कोसेली ‘प्यार प्यार’ बजारमा

काठमाडौं,६ पुस । लोक तथा दोहोरी गीत तर्फ गायन र मोडलिंगबाट चर्चा कमाउदैँ आएकी गायिका सिर्जु अधिकारीको पछिल्लो सांगीतिक कोसेली ‘प्यार प्यार’ बोलको लोकगीत बजारमा आएको छ।

देश तथा बिदेशका दर्जनौँ कार्यक्रममा सहभागिता जनाइसकेकी उनी फेरी पनि बजारमा नयाँ एल्वमका साथ आएकी हुन। उनी यस गीतलाई पनि सबै श्रोता तथा दर्शकहरुले मन पराइदिनेमा ढुक्क छिन्।

‘प्यार प्यार’ निकै मेहनतका साथ बजारमा ल्याएको उनी बताउछिन् । घनश्याम रिजालकाे शब्द रहेकाे ‘प्यार प्यार’ मा सिर्जु र रामजी खांडले स्वर भरेका छन्, भने लय  राम्जी खांड कै रहेको छ।