शान्त पहरी,टोकियो,६ पुष । नेपाल मगर संघ जापानको आयोजनामा २२ औं लाङ्घाली साँझ २०१८ को तयारी पूरा भएको छ ।
मगर संघ जापानको आयोजनामा २२ औं लाङ्घाली साँझमा हुने भएको छ । नेपाल आईडलको प्रतिस्पर्धाबाट अत्यन्त कम समयमा ख्याती कमाएका लोकप्रिय गायक सागर आले मगरले धमाका मच्काउने भएका छन् । अंग्रेज़ी वर्ष हुन गईरहेको २२ औं लाङ्घाली साँझमा मगर संघ जापानले सागर आलेलाई जापान ल्याउन लागेको हो । अंग्रेज़ी नयाँ वर्षमा मगर संघ जापानले विविध साँगीतिक कार्यक्रमसहित लाङ्घाली साँझ गर्दै आएको छ ।
डिसेम्बर २४ मा गर्न लागिएको संघका अध्यक्ष दिपक बुर्जा मगरले बताए । अध्यक्ष बुर्जा मगरका अनुसार मेगुरो कुमिन सेन्टरमा हुने सो कार्यक्रमका लागि सागर आलेका साथै अन्य चर्चित लोक तथा दोहोरी गायिका तारा श्रीस मगर र सुपर डान्सर विष्णु दगामी मगरको समेत जापान आउने भएका छन् । कलाकार सागर आलेको बिशेष आकर्षण रहने कार्यक्रम टोकियोका साथै नागोया, ओसाका लगायतका सहरमा पनि हुने बताईएको छ ।
मगर संघ जापानका सल्लाहकार नविन थापा मगरको संयोजकत्वमा २२ औं लाङ्घाली साँझ मुल आयोजक समिति गठन गरी तयारी पूरा भएको जनाएको छ । सागर आलेलाई जापानको स्टेजमा उतारेर धमाकेदार कार्यक्रम गर्न लागिएकोले यस वर्षको नयां वर्षमा सागर आलेले जापानमा हंगामा मच्चाउने मगर संघले दाबी गरेको छ ।
