बुधबार, असार १०, २०८३

जनसम्पर्क समिति जापानको सभापतिमा रोशन केसीलाई पद हस्तान्तरण

जापान । नेपाली कांग्रेसको प्रवासी संगठन नेपाली जनसम्पर्क समिति जापानको सभापतिमा रोशन केसीलाई पद हस्तान्तरण गरिएको छ ।
आईतवार टोकियोमा एक् कार्यक्रमवाट जनसम्पर्क समिति जापानको सभापतिमा रोशन केसीलाई पद हस्तान्तरण गरिएको हो ।
जनसम्पर्क समिति जापानको छैटौं अधिवेशनको सहमति अनुसार डिपी कडेलको पहिलो १ बर्षे कार्यकाल समापन गर्दै वार्षिक साधारण सभाबाट रोशन के सीलाई आगामी १ बर्षको लागि कार्यकाल हस्तान्तरण साथै विधान संसोधन गरिएको जनाएको छ । जनसम्पर्क समिति जापानमा दुई समिति भएर विवाद उत्पन्न भएपछि छैटौं अधिवेसनमा नेता रामचन्द्र पौडेल र राजन केसीको उपस्थीतिमा सहमति गरिएको थियो । टोकियोमा आयोजित भेलामार्फत वर्तमान सभापति डिपी कंडेलले केसीलाई पद हस्तान्तरण गरेको जानकारी गराएका थिए । अरु कार्यसमितीमा भने पुरानै ब्यत्ति रहने जनसम्पर्क समिति जापानले जनाएके छ ।