जापान,३ पुष । धादिङ् समाज जापानको नागोयामा क्षेत्रीय समिति गठन भएको छ ।
आईतबार नागोयामा एक विशेष कार्यक्रम सहित नागोया र सो आसपास विभिन्न पेशा व्यवसायका साथ वसोवास गरिरहेका धादिङेहरुलाई एकजुट गराई क्षेत्रीय समिती गठन गरिएको हो ।
राजकुमार अधिकारीको सभापतित्वमा सम्पन्न कार्यक्रममा,व्यवसायी डिपी अर्याल प्रमुख अतिथि,समाजका अध्यक्ष कृष्ण प्रसाद खनाल र डाक्टर सुदीप अधिकारी विशेष अतिथि तथा समाजका सचिव बिमल श्रेष्ठ र कोषाध्यक्ष राम सिम्खडा अतिथि रहेका थिए । कार्यक्रममा, नागोय क्षेत्रमा बसोवास गर्ने धादिङेहरुको बाक्लो उपस्थिती रहेको थियो ।
समाजका अध्यक्ष कृष्ण प्रसाद खनालका अनुसार,नव गठित धादिङ् समाज नागोया क्षेत्रको संयोजकमा,प्रमिला तिमिल्सिना,उप संयोजकमा नविन कुमार श्रेष्ठ,सचिवमा राम कुमार थापा,सह९सचिवमा श्रीकृष्ण सापकोटा,कोषाध्यक्षमा लक्ष्मी रेग्मी तथा सदस्यहरुमा सिपी जम्कटेल,पुष्पा मगर,राजु श्रेष्ठ,सरिता सापकोटा,कलादेव वसौला र दिपेन्द्र अधिकारी चयन भएका छन् ।
