शुक्रबार, चैत १६, २०८०

टोकियोमा हुने तमु ल्होसार साँझ २०१८ को तयारी तीव्र

टोकियो,२९ मंसिर । जापानकै पुरानो संस्था तमु धीं जापानको वार्षिक कार्यक्रम तमु ल्होसार साँझ २९१८ को तयारी पुरा भएको छ ।

गुरुङ समुदायले हरेक वर्ष गर्दै आईरहेको कार्यक्रम यस पटक टोक्योको ईकेगामी हलमा भव्यताका साथ हुने आयोजकले जनाएको छ । अंग्रेज़ी नब वर्ष जनवरी २ तारीख़ टोक्योको इकेगामी हलमा हुने यस वर्षको ल्होसार साँझलाई तताउन दिपु गुरुङ ( व्रोसिस व्यान्ड) वेलायत र अहिलेको चर्चित लोक तथा दोहोरी गायक राजन गुरुङ नेपालवाट आउने भएको छ । कार्यक्रमको लागि सम्पूर्ण जापानवासी गुरुङहरु आ-आफ्नो ठाउँवाट लागि परिरहेको तमु धीं जापानका उपाध्यक्ष तथा ल्होसार साँझ २९१८ का संयोजक युक्तमान गुरुङले जानकारी दिनुभयो । सोहि कार्यक्रममा भर्खरै नवनिर्वाचित कार्यसमितिलाई सपथ ग्रहग कार्यक्रम समेत रहेको नब निर्वाचित महासचिव चित्र गुरुंगले बताउनू भयो । उक्त तमु ल्होसार  तमुहरुको महान पर्व भएकोले सम्पूर्ण जापानवासी नेपालीहरुमा उपस्थितिको लागि आयोजकले हार्दिक अनुरोध गरेको छ । अनिता गुरुङको अध्यक्षतामा तमु धि जापान सर्वसहमती चयन गरेपनी कार्यसमिति भने घोषणा गरेको छैन ।tamu