शुक्रबार, बैशाख १४, २०८१

जापानवाट विजयी जनताका प्रतिनिधीहरूलाई बधाईसहित सुझावहरू

मदन चापागाई टोकियो,नतिजाले अत्यन्त हर्षित बनायो विजयी सम्पूर्ण प्रतिनिधिहरूलाई बधाई । वास्तवमै नेपाली जनताले स्थायित्व र विकास खोजेका रहेछन भन्ने कुराको पुष्टि भएको छ । नेपाली जनाताले दिएको यो अपार माया , विस्वास र भरोषालाई सदैव आत्मा साथ गर्दै समृद्द , सुन्दर नेपाल निर्माण गर्न लाग्नु हुने छ भन्ने विश्वास लिन चाहन्छु । अब तपाई हरू एउटा पार्टिको प्रतिनिधि र विश्वास हैन सम्पूर्ण नेपालीको साझा प्रतिनिधि हो ।

अब ५ बर्ष सम्ममा हामी विदेशमा रहेका ५० लाख युवालाई स्वदेश फर्किने अवस्थाको जग बनाउनु हुने छ भन्नेमा विश्वास लिन्छु , आर्थीक समृद्दिको ढोका खोल्नु हुनेछ । यदि ५ बर्षमा जनताले दिएको यो अमुल्य मतको क़दर नभएमा फेरी जनताले पतासाफ गराउने कुरा पनि नभूल्न अनुरोध गर्दछु ।जनता जनार्धन हुन । चुनावी परिणामले गर्दा एक अर्का प्रति सम्बन्ध चिसो नबनाउ बरू सबै मिलेर देश वनाउन लागि परौ । सामाजिक सन्जाललाई अब एकले अर्काको विरोध गर्ने थलो हैन बरू आफुले सिकेको र जानेको कुरा एक आपसमा साट्दै समृद्द नेपाल निर्माणमा टेवा पुर्याउ ।

अब वाम गठवन्धनका नेता र नेतृत्व्यवले व्यक्तिगत स्वार्थलाई तिलान्जलि दिदै राष्ट्रको स्वार्थको निम्ति आगामी ५ बर्ष आफ्नो सम्पूर्ण क्षमता निम्न महत्वपूर्ण काम गर्नमा लागौ। अब तुरून्त खुल्ला दिलले सबै नेता कार्यकर्तालाई उचित ज़िम्मेवारी दिदै पार्टि एकिकरण गरौ । अब नेपालमा नया , पुराना शत्ति चाहिने छैन । नया शक्ति भन्दै आएका रविन्द्रहरूलाई उनीहरूको क्षमता अनुसार रोजगारी दिएर काम लगाउ । भन्दा मुख्य कुरा संघियता नेपालले नेपालमा नया प्रयोग भएकोले यसलाई बचाउनको लागि शक्ति साली उच्च स्तरीय विज्ञय हरूको आयोग बनाउ र निरन्तर सुझाव लिउ । आउनुस समृद्ध नेपालको जग यी क़ुरा बाट गरौ । प्रथम त जनताबाट निर्वाचित कार्यकारी प्रमुख बनाउन संविधान संशोधन गरौ ।

१ गरिबी रहित समाजको निर्माण ।
२ भ्रष्टाचारको अन्त्य ।
३ भोकमरीको अन्त्य ।
४ गुणस्तरीय र समान स्वास्थ्य सुविधा ।
५ स्तरीय शिक्षा ।
६ स्वच्छ खाने पानी ।
७ हरेक व्यत्तिलाई क्षमता अनुसारको रोजगारी र आर्थिक विकास ।
८ उद्योगधन्दा , प्रविधि र भौतिक संरचनाको विकास, जलविधुतको उत्पादन ।
९ सबैलाई न्याय प्रधान ।
१० आधुनिक , व्यवस्थित दिगो शहर र गाउको विकाश ।
११ कृषिमा आधुनिकीकरण र लगानीको व्यवस्थापन ।
१२ स्थानीय स्रोत साधनको उचित प्रयोग र उत्पादन साथै उचित वजार व्यवस्थापन ।
१३ विदेशमा भएका नेपालीलाई देश फर्कने बाताबरण र लगानी गर्ने व्यवस्था ।
१३ विदेशमा भएका नेपालीलाई देश फर्कने बाताबरण र लगानी गर्ने व्यवस्था ।
१४ राजनीतिकका कार्यकर्ता पनि नेताको घर घर चार्न हैन उत्पादनशिल क्षेत्र र विकाश निर्माणमा खटाउन पर्छ ।
१५ स्वदेशी उत्पादनमा जोड र प्रयोग काम गर्न सक्नु पर्छ सबैले सहयोग गरौ सकारात्मक सोचको विकास गरौ ।