काठमाडौं,२४ मंसिर । रामेछापको प्रतिनिधिसभा सदस्यमा बाम गठबन्धनका उम्मेदवार नेकपा माओवादी केन्द्रका पोलिटब्यूरो सदस्य श्यामकुमार श्रेष्ठ विजयी भएका छन् । श्रेष्ठले नेपाली कांगेसका निकटकतम प्रतिदन्द्धी पूर्णबहादुर तामाङ (कान्छाराम)लाई पराजित गरेका हुन् । श्रेष्ठले ४२ हजार १ सय १७ मत प्राप्त गरेर विजयी भए भने कान्छारामले ३५,७७१ प्राप्त गरेर पराजित भए । श्रेष्ठले ६ हजार ३ सय ४७ मत बढी ल्याएर विजयी भएका हुन् ।
रामेछापवाट प्रदेशसभातर्फ पनि दुवै सिट वामको पोल्टामा

रामेछाप प्रदेश ‘क’ बाट २२,३६९ मत प्राप्त गरि ६,३११ को मतान्तर नेकपा एमाले जिल्ला अध्यक्ष कमरेड शान्ति प्रसाद पौडेल विजयी भए भने
रामेछापवाट प्रदेशसभा सदस्य पदमा क्षेत्र नं २ बाट बाम गठबन्धनका साझा उम्मेदवार नेकपा एमालेका नेता कैलाश ढुंगेल दोब्बर मतले विजयी भएका छन् । ढुंगेलले निकटकम प्रतिदन्द्धी नेपाली कांग्रेसका उम्मेववार जितबहादुर थापामगरलाई पराजित गर्दै विजयी भएका हुन् ।
ढुंगेल २६ हजार ९ सय ३५ मत प्राप्त गरी बिजयी भएका हुन् । उनका प्रतिद्वन्द्वी मगरले १४ हजार ७ सय २९ मत प्राप्त गरेका छन् । दुई बिचको मतान्तर १२ हजार २ सय ६ रहेको छ ।
को हुन निर्वाचित श्याम कुमार श्रेष्ठ ?
श्याम कुमार श्रेष्ठको जन्म बिसं २०२८ साल पुष १ गते गेलु–९ र हाल मन्थली नगरपालिका रामेछापमा भएको हो । बुबा तीर्थदास श्रेष्ठ र आमाको नाम खष्टमाया एक मात्र सन्तानको रुपमा एक मात्र छोराको रुपमा श्रेष्ठको जन्म भएको थियो । श्रेष्ठले मानविकी संकाय अन्तर्गत अर्थशास्त्र राजनीतिशास्त्रमा स्नातकोत्तर तहसम्मको अध्ययन गर्नुभएको छ ।
२०७० सालको संविधान सभा निर्वाचनमा रामेछाप क्षेत्र नम्बर २ बाट निर्वाचित भएपछि श्रेष्ठले जिल्लाको विकासमा नेतृत्वदायी भूमिका निर्वाह गर्दै आउनुभएको थियो । । चार बर्षको अवधिमा श्रेष्ठको नेतृत्वमा ‘उज्यालो रामेछाप’ अभियानको योजना श्रेष्ठकै नेतृत्वमा कार्यान्वयनको चरणमा छ । उहाँको नेतृत्वमा नै जिल्लामा सडक निर्माण, पुल निर्माण लगायतका विकास निर्माणको कामले गति लिएको छ ।
विकास निर्माणको कार्यमा उम्मेदवार श्रेष्ठले अहोरात्र काम गर्दै आउनुभएको छ । संविधान सभाबाट नयाँ संविधान जारी गर्न भूमिका खेल्नुभएका श्रेष्ठ पुनः रामेछापको प्रतिनिधि सभा निर्वाचनमा बामपन्थी गठबन्धनको तर्फबाट उम्मेदवार हुनुभएको थियो । रामेछापका जनताको मन जित्न सफल हुनुभएका श्रेष्ठले यस पटकको निर्वाचनमा पनि विजयी हुनुभएको छ ।
यस्तो छ उम्मेदवार श्याम कुमार श्रेष्ठको राजनीतिक यात्राः
१. वि.सं. २०४३ सालदेखि तत्कालिन नेकपा मसालको विद्यार्थी संगठनबाट राजनीतिमा प्रवेश ।
२. २०४७ सालमा दयानारायण श्रेष्ठबाट पार्टी सदस्यता लिएको ।
३. २०४८ को एकता महाधिवशेनपछि जिल्ला कार्य समिति रामेछापको सदस्य ।
४. २०५१ साल फागुनबाट माओवादीले जनयुद्ध सुरु गरेपछि २०५६ सालसम्म अर्धभूमिगत ।
५. २०५७ सालमा नेकपा माओवादीको पूर्णकालिन सदस्य हुँदै पूर्वी कमाण्ड अन्तर्गत रामेछाप–काभ्रेको सव–एरियाको सेक्रटरी ।
६. २०५८ सालमा नेकपा माओवादी रामेछापको जिल्ला कार्यसमिति सदस्य ।
७. २०५९ मा प्राविधिक कमाण्डको इन्चार्ज ।
८. २०६० मा रामेछाप–काभ्रे जिल्लाको ईलाका सेक्रेटरी ।
९. २०६१ देखि चुनवाङ बैठकसम्म रामेछाप जिल्लाको सेक्रेटरी हुँदै त्यसपछि २०६६ सालसम्म विशेष केन्द्रीय कमाण्डाको कार्यालय सचिवको जिम्मेवारी ।
१०. २०६६ बाट नै पुनः रामेछापको सेक्रेटरी ।
११. २०६८ देखि २०७० सम्म रामेछापमा संगठन विभाग प्रमुख ।
१२. २०७० सालका दोस्रो संविधानसभा निर्वाचनबाट नेकपा माओवादी केन्द्रबाट रामेछापबाट प्रत्यक्ष निर्वा्िचत सांसद ।
१३. व्यवस्थापिका सांसदको उद्योग वाणिज्य आपूर्ति तथा उपभोक्ता हित सम्बन्ध समितिको सदस्य ।
१४. २०७२ मा पार्टीको केन्द्रीय कमिटीको सदस्य ।
१५. २०७३ मा पार्टीको पोलिटब्यूरो सदस्य ।
१६. स्थानीय तहको निर्वाचनमा रामेछापको निर्वाचन परिचालन समितिका संयोजक ।
१७. शेरबहादुर देउवा नेतृत्वको सरकारमा गृह राज्यमन्त्री हुँदै हाल एमाले र माओवादी केन्द्रबीच वामपन्थी गठबन्धन बनाएपछि सरकारमा विना विभागीय राज्य मन्त्रीको भूमिका ।
१८ हाल रामेछापबाट प्रतिनिधिसभा सदस्यमा निर्वाचित ।
