सोमबार, कार्तिक ११, २०८२

रामेछापवाट प्रदेशसभामा ढुंगेल १२ हजार २ सय ६ मतान्तरले विजयी

काठमाडौं,२४ मंसिर । रामेछापवाट प्रदेशसभा सदस्य पदमा क्षेत्र नं २ बाट बाम गठबन्धनका साझा उम्मेदवार नेकपा एमालेका नेता कैलाश ढुंगेल दोब्बर मतले विजयी भएका छन् । ढुंगेलले निकटकम प्रतिदन्द्धी नेपाली कांग्रेसका उम्मेववार जितबहादुर थापामगरलाई पराजित गर्दै विजयी भएका हुन् ।
ढुंगेल २६ हजार ९ सय ३५ मत प्राप्त गरी बिजयी भएका हुन् । उनका प्रतिद्वन्द्वी मगरले १४ हजार ७ सय २९ मत प्राप्त गरेका छन् । दुई बिचको मतान्तर १२ हजार २ सय ६ रहेको छ ।  मतगणनाको सुरुवातदेखि नै ढुंगेलले अग्रता लिएका थिए । प्रदेशसभा २ मा करिब ८० हजार मतदाता मध्ये ४७ हजार मत खसेको थियो ।

दुग्ध विकास बोर्डको कार्यकारी अध्यक्षबाट राजिनामा दिएर चुनाव लड्न गएका ढुंगेल रामेछापका पूर्व जिविस सभापति पनि हुन् ।