जापान,२१ मंसिर । नेपाल आदिवासी जनजाति महासंघ जापान शाखाको आउँदो २४ डिसेम्बरमा १६औँ अधिवेशन नागोयामा हुने भएको छ ।
महासंघको डिसेम्बर २४ मा नागोया शहरमा हुन अधिवेशनको तिव्र रुपमा भएको संस्थाले जनाएकोछ
नागोयामा हुने अधिवेशनले सिंस्थाको विधान संशोधन , कार्ययोजना लगाएत आगामी दुईवर्षे कार्यकालको लागि नयाँ कार्यसमिति चयन गर्नेछ । महाधिवेशन सफल पार्नको लागि व्यवस्थापन समिति संयोजकमा पूर्व उपाध्यक्ष पेम्बा शेर्पा, विधान संशोधन समिति संयोजकमा पूर्व अध्यक्ष सुकमान थिङ, निर्वाचन समितिमा पूर्वअध्यक्षद्वय ओम गुरूङ र मन पुनलाई संयोजकको जिम्मेवारी दिइएको जापानस्थित संस्थाका अध्यक्ष पासाङ शेर्पाले जानकारी दिए ।
सन् १९९९ मा जापानको नागोया शहरमा स्थापना भएको जनजाति महासंघ अहिले विभिन्न क्षेत्रिय समिति समेत स्थापना भएको छ ।
