सोमबार, कार्तिक ११, २०८२

सप्तरङ्गी समाजसेवा रामेछापको नयाँ अभियान

काठमाडौँ,१८ मंसिर । सप्तरङ्गी समाजसेवा रामेछापले गोकुलगङगा गाउपालिकाबाट सरसफाइ अभियान सुरुवात गरेको छ। वातावरण स्वच्छ बनाइराख्न एउटा शैक्षिक अभियानसहित सरसफाइ कार्यको सुरुवात गरिएको उक्त समाजसेवाका अध्यक्ष रमेश बस्नेतले बताउनु भयो ।

बिशेषगरी युवा स्वरोजगारको बिकाशगरी रामेछापबाट दिन्हु पलायन भैरहेका युवाहरुलाइ रोक्ने उदेश्यकासाथ सप्तरङ्गी समाजसेवाको स्थपना गरिएको पनि वाहाले बताउनु भयो ।

रामेछाप जिल्लामा च्याउसरी उम्रीएका थुप्रै सस्था र युवा कलबहरुले युवाहरुको भावना र उत्साह बिपरित काम गरेको बताउदै वाहाले भन्नुभयो :” केही महिनाभित्र यश सस्थाले युवाहरुको मन जित्न सफल बन्नेछ ।”

युवाकलब र समाजसेवाका नाममा खोलिएका कतिपय सस्थाहरु स्वार्थपुर्तीमा लगीरहेको बेला सप्तरङ्गी समाज सेवा रामेछाप जिल्लाकै फरक भएको वाहाले दाबी पनि गर्नुभयो ।