टोकियो । जापानमा कृयाशील नेपाली साझा समाज जापानले युएईमा हत्या गरिएको भनिएकी नेपाली चेली अष्टमी गुरुङको घटनाप्रती खेद जनाउँदै शीघ्र न्यायका लागि अपिल गरेको छ ।संस्थाका अध्यक्ष बुद्दी शेरचनद्वारा जारी विज्ञप्तीको पुर्णपाठ जस्ताको त्यस्तै ।
रोजगारीको अवसर नभएपछि विदेशीन बाध्य भएकी गोर्खा आरुघाट मान्वकी अस्टमी गुरुङ्गको यू.ए.ई.आबुदावीमा भएको घटनाको खबरले हामि सबै नेपाली लाई स्तब्ध बनाएको छ । विभिन्न अनलाईन तथा बिशेष गरि न्यूज २४ टेली भिजनको कार्यक्रम “सिधा कुरा जनता संग “को कार्यक्रमको रिपोर्ट अनुसार अस्टमी गुरुङ्गको आत्महत्या नभई हत्या भएको देखिन्छ। उनको मोबाइल रेकर्ड बाट पनि झन् पुष्टि भएको छकी आत्महत्या आफ्नो खुशि बाट नभई आत्महत्या गर्नलाई बाध्य बनाइएको हुँदा यो हत्या नै हो ।
तसर्थ उक्त घटनाका दोषी बंगलादेशी नागरिक साईमन काजी भन्ने व्यक्तिले बलात्कार पछि हत्या गरेको भनि पुष्टि हुन आउछ त्यसैले निज हत्यारालाई यू.ए.ई.सरकारले कानुनी दायरामा ल्याई कार्बाही गर्न जोरदार माग गर्दछौं ।
साथै उक्त व्यक्तिलाई कडा भन्दा कडा सजाँय दिलाउन कुटनैतिक नियोग तथा यू.ए.ई.मा कार्यरत नेपाली हरुका विभिन्न संघ संस्था हरुलाई पनि सकृय रुपमा भूमिका खेल्न अनुरोध गर्दछौं ।
न्यूज २४ टेली भीजनको टिमलाई यो घटनाको सत्य तथ्य बाहिर ल्याई दोषीलाई कडा भन्दा कडा कार्बाही गराऊन सफलता मिलोस भन्ने कामना गर्दछौं ।
अध्यक्ष
बुद्धि शेरचन्
तथा
नेपाली साझा समाज,जापान
परिवार
