टोकियो,१६ मंसिर । गुल्मेली समाज जापानको अधिवेशन नजिकीदै गरेको अवस्थामा अधिवेशन लगाएत जिल्लावाट जापान आई विभिन्न पेशाकर्मीहरुलाई कसरी समेटन सकिन्छ भन्ने विषयमा छलफल गर्ने भएको छ ।
गुल्मीमा जन्मिएर जापानलाई कर्मथलो बनाएका गुल्मेलीहरुको समुह गुल्मेली समाज जापानको आवश्यक्ता र भूमिकाको वारेमा वृहत सरसल्लाह समेत हुने समाजका अध्यक्ष शालिकराम भण्डारीले जानकारी दिनुभएको छ ।
कार्यक्रम ३ तारिक आईतबार दिउसो ३ बजे एमसी किचेन हाममाच्योमा हुने जनाएको छ साथै नयाँ नेतृत्व समेत गर्ने अधिवेशनलाई कसरी सभ्य र भव्य बनाउन सकिन्छ भनेर समेत छलफल हुनेछ । छलफल कार्यक्रममा गुल्मेली समाज जापानका पदाधिकारी लगाएत जापानका गुल्मेलि उपस्थित हुन अनुरोध गरिएको छ ।
