टोकियो,१५ मंसिर । नेपालको संविधानको मौलिक हकमा रहेको सूचनाको हक कानुनको सही कार्यान्वयन सूचनाको हक़ अधिकार सम्बन्धी अन्तरक्रिया कार्यक्रम सम्पन्न भएको छ ।
बिहीबार टोकियोमा नेपाल पत्रकार महासंघ जापान र गैरआवासीय नेपाली संघ जापानको संयुक्त आयोजनामा भएको सूचनाको हकको अवस्था विषयक अन्र्तक्रिया कार्यक्रममा सहभागिहरु वक्ताले नेपालमा रहेको कानुनको सही जानकारी नहुदा नागरिकले धेरै दुख पाएको बताएका छन् ।
जापान सरकारको निमन्त्रणामा जापान आर्इपुगेका राष्ट्रिय सुचना आयोगका आयुक्तद्धय किरण पोखरेल तथा प्रवक्ता समेत रहेकी आयुक्त यशोदादेवी तिम्सिना, सूचना आयोगका सचिव शंकर पाठक लगायतका विशिष्ठ पदाधिकारीहरु सहभागिता रहेको थियो ।
कार्यक्रमलाई सवोधन गर्दै आयुक्त तिम्सिनाले लिखित कानुनको कार्यान्वयन गर्न जनतामा सूचना सही ढंगले नपुग्दा राज्यका निकाय र जनताबीचको दूरी अझै सुमधुर हुन नसकेको कुरामा जोड दिनुभएको थियो ।
जुनसुकै सरकारी तथा जनसरोकारका कार्यालयमा जनताले सूचना माग्न पाउने अधिकार रहेको तर्फ कुनै निकायले जानकारी दिन नसक्दा सर्वसाधारणले धेरै दुख पाएको तर्फ आयोग गंभिर रहेको धारणा राख्नुभयो। सरकारी निकायमा भएको नियुक्ती पछि कर्मचारीहरु सुतेर वस्ने पुरानो परम्परालाई तोडदै आफुहरुले रातदिन नभनि मेहनत गरिरहेको दावी गर्नुभयो। उहाँले विस २००७ देखी हालसम्मको नेपालको वेथितिको मुख्य कारण जनतामा चेतनास्तर नहुनु नै रहेको धारणा राख्नुभयो।
आयुक्त पोखरेलले नेपालको सूचना हक कानुन उपभोग गर्न विश्वका जुनसुकै भागमा वसेर पनि गर्न सकिने भन्दै यस बारेमा प्रचारप्रसारमा व्यापकता ल्याईएको जानकारी दिनुभयो ।
कार्यक्रममा सूचना आयोगका सचिव शकंर पाठकले प्रवासमा रहेका कुनैपनि सरकारी काम तथा कानुनी विषयमा जानकार चाहिएमा प्रवास स्थित नेपाली राजदूतासावले दिलाउने दावी गर्नुभयो। राज्यको निश्चित क्षेत्र बाहेकका सवै क्षेत्रका सूचना जनताले सहजै पाउनु पर्ने अवस्था निमार्णका लागि कानुन नै तयार भएर आएको जानकारी गराउनु भएको थियो।
यस्तै टोकियो स्थित नेपाली राजदूतावासका उपनियोग प्रमुख कृष्णचन्द्र अर्यालले प्रवासमा कुनै पनि विषयमा जानकारी चाहिएमा दूतावासले उपलब्ध गराउने जानकारी दिनुभयो।
नेपाल पत्रकार महासंघ जापानका अध्यक्ष मोहन घलेको अध्यक्षतामा भएको कार्यक्रममा गैरआवासीय नेपाली संघ एनआरएनए आईसीसी प्रवक्त भूषण घिमिरेले सूचनाको हक कसले कसरी र कहाँ पुगेर जानकारी लिनु पर्ने हो सो वारेमा जानकारी नहुदाँ समस्या अथावत रहेको दावी गर्नुभयो।
