सोमबार, कार्तिक ११, २०८२

जापानको माउण्ट फुजी वारे रोचक प्रसंग

१.महिला निषेध
सन १८६८ सम्म माउन्ट फुजीमा महिलाहरुलाई प्रवेश निषेध रहेको थियो । जनविश्वासका आधारमा भन्ने हो भने,माउन्ट फुजीमा अग्नि देवता रहेका छन् । जो अन्य स्त्री जाती प्रति ईर्श्यालु छन् । त्यसैले त्यहाँ महिलाहरुको प्रवेश उनको लागि सह्य हुदैन ।


२.१००० येनमा अंकित
जापानी १००० येनको नोटमा माउन्ट फुजीको फोटो अंकित छ । जुन तस्बिर क्योदो ओकादा नामक फोटोग्राफरले मोतोसु तालको दृश्य सहित खिचेका छन् । यदि सफा नोटमा हेरियो भने माउन्ट फुजीको छायाँ प्रष्ट देख्न सकिन्छ ।

३.माउन्ट फुजीको चुचुरो जापानको कुनै पनि प्रिफेक्चरमा पर्दैन ।
माउन्ट फुजीको चुचुरो कुनै पनि प्रिफेक्चरमा नपरी,सिजुओका र यामानासी केनको बिचमा स्वतन्त्ररुपमा रहेको छ । यसलाई कुनै पनि प्रिफेक्चरले मेरो स्वामित्व भन्न सक्दैन ।

४.सन २००८ मा माउन्ट अंकित लाईसेन्स प्लेट सार्वजनि
लोकप्रियतालाई ध्यानमा राखी,स्थानिय अर्थतन्तन्त्रको सवलिकरणको उदेश्य सहित सन २००८ देखि सिजुओका केनले फुजी लाईसेन्स प्लेटको जारी गर्न थालेको छ । जुन ६ वटा फरक जिल्लाहरुमा पाईन्छ ।

५.एक समय तीब्र गतीको सुरुङ मार्गको योजना बनाईएको थियो ।
सन १९६० मा फुजी क्युको नामक रेलवे सेवाको कम्पनीले माउन्टफुजीको दक्षिण पश्चिम भागबाट सुरुङ मार्ग बनाउने योजना ल्याएको थियो । जसको संचालनबाट १३ मिनेटमा चुचुरोमा पुग्न सकिने थियो । तर त्यो योजना प्राकृतिक वातावरण संरक्षणवादीहरुको विरोधका कारण सम्पन्न हुन पाएन ।

प्रस्तुती : राजन गौतम