टोकियो,१२ मंसिर । नेपाल तामाङ समाज जापानको अधिबेशन डिसेम्बेर १० मा हुने भएको छ । तामाङ भाषा लिपि,कला सस्कृती र धर्मलाई संरक्षण प्रबर्दन र बिकासको टेवामा जोड दिदै तामाङ जतिको अर्थीक शैक्षिक र सु-सभ्य समाजको निर्मण गर्ने उधेश्यले २००९ मा स्थापना गरिएको नेपाल तामाङ समाज जापानको छैटौ अधिबेशनको लागि समाजले पहिलो चोटि अनलाईन मार्फत सदस्यता लिन सक्ने ब्यबस्था गरिएको छ ।
साधारण सदस्यको लागि डिसेम्बेर १० सम्म बिना शुल्क फराम भर्न सकिने र अधिबेशनको दिन १००० ¥ तिरेर महाधिबेशनमा सहभागी हुन सक्नेछ । साथै समाजले केन्द्रीय समितिमा ईच्छुक उम्मेदारीको लागि जापानभरिबाट खुल्ला अबेदन आह्वान गरिएको छ जसको लागि डिसेम्बर डिसेंबर ५ सम्म निर्धारित शुल्क सहितको फराम भर्नु पर्ने,जहिरो कार्डको फ़ोटोकपि,शुल्क रसिद अनिबार्य हुनुपर्ने पनि ब्यबस्था गरिएको छ साथै समाजको अगामी नेतृत्व सर्बसम्मतिबाट चयन गर्न, सभाको तयारीको लागि श्री मेख बहादुर लामाको सयोजकत्वमा ३ सदस्यीय निर्बाचन समिति समेत गठन गरिएको छ ।
नेपाल तामाङ समाज,जापानको केन्द्रिय समितिको छैटौ अधिवेशन यहि आउँदो डिसेम्बरको १० तारीख, आईतबारका दिन देहायको स्थानमा हुने भएको छ।
स्थान: Tokyoto Itabashiku sakaecho 36-1 (Green Hall _601) Oyama Station (North Exit)
मिति : 2017 December 10 (Sunday)
समय : बेलुकी ५:३० देखि ९:३० बजे सम्म
कार्यतालिका
साधारण सदस्य फारम भर्ने अन्तिम मिति – डिसेम्बर ९ सम्म (सदस्यता शुल्क कार्यक्रम स्थलमा बुझाउन सकिनेछ)
(https://goo.gl/forms/dCiau3JKWbLo8kOH3)
उम्मेदवारी दर्ता (अनलाई) गर्ने अन्तिम मिति – डिसेम्बर ५ तारिख रातको १२ बजे सम्म
(https://goo.gl/forms/Uwr7ff4fjlZSbxPr2)
दाबी/ बिरोध , उम्मेद्वारी फिर्ता र सहमति लागि अन्तिम मिति – डिसेम्बर ७ तारिख रातको १२ बजे सम्म
(सहमति हुन नसकेका पदहरु) निर्बाचन – डिसेम्बर १० तारिख (१७:३० देखि ९:३० बजेसम्म )
बन्दसत्र कार्यक्रम – डिसेम्बर १० तारिख बिहान( १० बजेदेखि १४ बजेसम्म )
उम्मेद्वारी शुल्क
1. अध्यक्ष- ५०,००० येन
2. उपाध्यक्ष- ४०,००० येन
3. महासचिव-४०,००० येन
4. सचिब-३०,००० येन
5. कोषाध्यक्ष-३०,००० येन
6. सहकोषाध्यक्ष-२०,०००येन
7. सदस्य-१०,००० येन
समाजको खाता नं १०११०-७८७६३५११ (उम्मेदवारहरुले अनिबार्य फारममा उम्मेदवार शुल्कको बिल पेश गर्नु पर्नेछ। यस लिंक मार्फत उपलब्ध विवरणको आधारमा अधिवेशनका दिन सदस्यता शुल्क बुझाई भाग लिन सकिनेछ ।
