बुधबार, असार १०, २०८३

खोटाङका राईको उपचारका लागि आर्थिक सहयोग

टोकियो । जापानको आईची प्रान्तको एक कम्पनीमा काम गर्दागर्दै घाईते भएका खोटाङका भरत राईको उपचारका लागि आर्थिक सहयोग गरिएको छ ।

जापानको आईची प्रान्तको एक कन्ट्रक्सन कम्पनीमा काम गर्ने क्रममा लडेर शरिरको आधा भाग नचल्ने भएका राईलाइ जापानका चिकित्सकले उपचार असम्भव रहेकाे बताए पश्चात नेपालमा उपचार रहेका उनलाई आर्थिक सहयाेग गरिएको थियो  ।

सामान्य परिवारका राईलाई उपचारको लागी धेरै खर्च लाग्ने भएपछि सहयोगी मनको खोजीमा रहेका रार्इलार्इ जापानका विभिन्न संघ संस्थाहरूको सहयोगमा जुटेको रकम हस्तान्तरण गरिएको हो ।

किरात राई यायोक्खा टोकियो, किरात राई यायोक्खा कान्तो, किरात राई यायोक्खा तोकाई, एनआरएनए जापान तोकाई होकुरीकु क्षेत्रीय समिति, किरात याक्थुङचुम्लुङ जापान तथा लाङ्घाली समाज जापान लगायता संघस्थाहरूको सहयोगमा संकलित रकम तीन लाख ७६ हजार ४०८ रूपैया राईको उपचारका लागि हस्तान्तरण गरिएको हो ।

हाल काठमाण्डौमा उपचारार्थ राईलाई रकम हस्तान्तरण गर्दै किरात राई योयोक्खा जापानका संरक्षक तथा एभरेष्ट फुजी सोसाईटी हामामात्सु जापानका सल्लाहकार सुक्र राईले साे रकम परिवारका सामु रार्इलाइ हस्तान्तरण गराएका छन् ।