जापान । नेपाल तामाङ समाज, जापान क्यशु क्षेत्रिय समितिको दोश्रो अधिबेशन नोभेम्बर २५ तारिखका दिन ग्याम्जो लामालाई सर्ब सर्बसम्मत चयन गर्दै सम्पन्न भएको छ ।
सम्पूर्ण नेपालीहरुका बीच पारस्परिक सम्पर्क, समन्वय, सहयोग र सुमधुर सम्बन्धको विकास तथा जातिय सदभाव र भातृत्वको अभिवृद्धि गरौ भन्ने मुल नाराको साथ शुरू गरेको तामाङ समाज जापान क्युस्यु क्षेत्रीय समितिको अधिबेशन फ़ूकूओकाको हांकता स्थित बाजेको सेकुवा हाउस रेस्टुरेन्टमा नयाँ कार्यसमिति चयन गर्दै अधिबेशन सम्पन्न गरेकोछ।
नयाँ कार्य समिति चयन हुनेहरु यसप्रकार रहेको छ
बिष्णु ब. तामाङ (सल्लाहकार)
हस्त लामा (सल्लाहकार)
ग्याम्जो लामा (अध्यक्ष)
आशिष योन्जन (उपाध्यक्ष)
अनिष लामा (सचिव)
यम लाल घिसिङ (सहसचिव)
ललिता लामा (कोषाध्यक्ष)
उन्नती लामा (सह-कोषाध्यक्ष)
सदस्यहरुः-
बिक्रम घिसिङ, रबिना लामा, पंकज घिसिङ, पदम तामाङ, मुनाम लामा, कुन्संग तामाङ, उमेश तामाङ
दोश्रो अधिबेशनमा फ़ूकूओकामा रहेका तामाङ दाजुभाई तथा दिदिबहिनीहरुको बाक्लो उपस्थित रहेको थियो । कार्यक्रम निबर्तमान अध्यक्ष बिष्णु तामाङको अध्यक्षतामा सम्पन्न भएको थियो भने निबर्तमान सचिब ग्याम्जो लामाले सन्चालन गरेका थिए ।
