बुधबार, असार १०, २०८३

स्वर्गीय दाहाल र पाख्रिनको स्मृतिमा जापानमा शोक सभा सम्पन्न

शान्त पहरी,टोकियो,७ मंसिर । नेकपा ( माओवादी) केन्द्रका केन्द्रीय सदस्य स्वर्गीय प्रकाश दाहाल र पुर्ब सभाषद तथा जनवादी कलाकार स्व खुसिराम पाख्रिन तामाङको सम्झनामा टोकियोमा श्रद्वाञ्जली सभा सम्पन्न भएको छ ।

आज बिहिवार टोकियोमा माओवादी केन्द्रको प्रवासी संगठन नेपाली जनप्रगतीशिल मंच,जापानको आयोजनामा सभा सम्पन्ना भएको हो ।

उक्त शोक सभामा स्वर्गिय प्रकाश दाहाल र स्वर्गीय खुसिराम पाख्रिनको सम्झनामा एक मिनेट मौन धारणा गर्दै उहाँहरूले आम सर्वहारा जनताको लागी गरेको बलिदानीको प्रशंसा गरेको थियो । शोक सभा नेपाली जनप्रगतीशिल मंच,जापानका सल्लाहकार भुपाल श्रेष्ठको प्रमुख आतिथ्यतामा ,गैर्आवासीय नेपाली संघ जापानका महासचिब बुद्दीराज घिमीरे विशेष अतिथि रहि एमाले प्रवासी संगठन प्रवासी नेपाली मंच जापानका उपाध्यक्षद्वय कुलचन्द्र खरेल, सिद्धार्थ श्रेष्ठ,एनआरएनए जापानका कोषाध्यक्ष कालिका थापा, बाबुराम भट्टराई नेतृत्व अन्तराष्ट्रीय नेपाली समाजका जापान अध्यक्ष पदम थगुन्ठ ,बाम एकताका नेताहरू ,चितवन समाज जापानका अघ्यक्ष राजन श्रेष्ठ लगाएत बिभिन्न संघसंस्थाका प्रतिनिधि पत्रकार, सहिद परिवारअको बाक्लो उपस्थिति रहेको थियो ।

शोक सभा नेपाली जनप्रगतीशिल मंच,जापानका अध्यक्ष हवल चन्द्र लामाको सभापतित्वमा महासचिब श्यामहरी पाण्डेले संचालन गरी सम्पन्न भएको थियो ।sokk