सोमबार, जेठ २५, २०८३

जापानमा चर्चित पप गायक उगेश लिम्बुको एकल कन्सर्ट हुने

टोकियो,७ मंसिर । जापानबासी नेपाली युवाहरूले चर्चित नेपाली पप गायक उगेश लिम्बुको एकल लाइभ कन्सर्टको मज्जा लिन पाउने भएका छन ।

अंगालन मलाई, किन हो लडदैछु आफु भित्र, भन के भो साथी लगायतका चर्चित गीत पस्केर युवा माझ लोकप्रिय उगेशलार्इ आगामी डिसेम्बर १० तारिकमा टोकियोको नाकानो जीरो हलमा बेलुकी ६ बजेबाट भेटन पार्इने छ ।
सोनम शेर्पाको आयोजनामा हुन लागेको उक्त कन्सर्टसमा नेप सउल व्याण्ड, स्वस्तिक व्याण्डको प्रस्तुती तथा स्थानीय कलाकारको नृत्य रहनेछ ।