टोकियो । रामकृष्ण बम मल्लद्धारा संगीतबद्ध आधुनिक गीति एल्बम ‘सहयात्रा’को सार्वजनिक गरिएको छ ।
अन्तराष्ट्रिय नेपाली साहित्य समाज, जापान च्याप्टर र राष्ट्रिय लोक दोहारी गीत प्रतिष्ठान जापान शाखाको आयोजनामा आइतबार टोकियोको सिनओकुवो स्थित बारकाडे गुडटाईम्सको हलमासार्वजनिक गरिएको हो।
“सहयात्रा”मा जापानमा रहेका सर्जकहरु नारायण कँडेल, लक्ष्मण कार्की, रविन शर्मा,दिप पाठक,अरुण पौडेल लगायतले शब्द सिर्जना रहेको छ भने मल्लको एकल संगीत रहेको छ ।एल्बममा रामकृष्ण ढकाल, समुन केसी, सुरज थापा, राज सिग्देल, जुनु रिजाल, श्रीकृष्ण बम मल्ल, मेनुका पौडेल, र उत्तम खड्काले स्वर दिएका छन् । “सहयात्रा”आर.एस डिजिटलले बजारमा ल्याएको हो ।
एल्बिमको हि मोचन , जापानमा रहेका चर्चित सितारबादक सुस्मा ओमाता, ईश्वर गुरुङ,मोहन घले,डिपी कंडेल, युवराज आचार्य ,प्रकास माइला र संगीतकार स्वयं रामकृष्ण बम मल्लले सयुंक्त रुपमा गरेका थिए ।
गायन तथा संगीत दुवै विधामा समान कुशलताका धनि मल्लका यस “सहयात्रा”मा भने केवल संगीत मात्र सुन्न सकिने छ ।
