बुधबार, असार १०, २०८३

एनआरएनएका नवनिर्वाचित पदाधिकारीहरुको दूताबासवाट सम्मान

टोकियो  ।  गैरआवासीय नेपाली संघ अन्तर्राष्ट्रिय समन्वय परिषद नव निर्वाचित पदाधिकारीहरुको सम्मानमा आईतबार जापानस्थित नेपाली राजदूताबासले बधाई तथा शुभकामना कार्यक्रम सम्पन्न गरेको छ ।

गत अक्टोवर १४ देखी १७ सम्म काठमाडौंमा सम्पन्न भएको संघको १०औ महाधिवेशनबाट जापानलाई प्रमुख कर्मथलो बनाएका भवन भट्ट अध्यक्ष, सुदन थापा युवा संयोजक, किरण बिक्रम थापा एशिया प्यासेफीक संयोजक र पारसमणी पोखरेल एशिया प्यासेफीक उप-संयोजकमा निर्वाचित भएका थिए । यसैगरी आईसिसि सदस्यहरु तथा एनआरएन जापानमा नवनिर्वचित टासि वाङदी लामा नेतूत्वको कार्यसमितिको पदाधिकारीहरुलाई पनि जापानका लागि नेपाली राजदूत प्रतिभा राणाले दोसल्ला सहित खादा लगाएर कार्यकालको शुभकामना ब्यक्त गर्नुभएको थियो ।

राजदूत राणाले सबै मिलेर नेपाल र नेपालीको शिर उच्चो राख्न सबैसग हातेमालो गर्दै अगाडी बढन अनुरोध पनि गर्नु भयो ।

जापानमा क्रियाशिल रहेका विभिन्न संघ संस्थाहरुको अध्यक्षहरु सहभागि रहेको शुभकामना तथा बधाई कार्यक्रममा एनआरएन आईसिसिका अध्यक्ष भवन भट्टले हामिले नेपालको विकासका लागि सकेसम्मका सबै कामहरुमा सहयोग रहने बताउदै प्रवासि नेपालीहरुको हितमा काम गर्ने बताउनु भयो । उहॉले राजदूतबासलाई धन्यबाद दिदै उज्यालो नेपाल कार्यक्रमको लागि जापानबासि नेपाली सहयोगको अपील गर्नु भयो ।

कार्यक्रममा एनआरएन जापानका अध्यक्ष टासि वाङदी लामाले सबैको सहयोगमा नेपालीको लागि एनआरएनलाई हाम्रो संस्था बनाउन कोसिस गरिने बताउनु भयो ।

बधाई तथा शुभकामना कार्यक्रम जापानका लागि नेपाली राजदूत प्रतिभा राणाको सभापतित्वमा सम्पन्न भएको थियो । रात्रिभोज सहितको कार्यक्रममा उपनियोग प्रमुख कूष्ण चन्द्र अर्यालले स्वागत मतब्य तथा तृतीय सचिव रेवन्त केसीले कार्यक्रम संचालन गर्नु भएको थियो ।