टोकियो : टोकियोको आदचि कु बस्ने बर्ष २४ का आदित्य गिरीको सडक दुर्धटनामा परि मूत्यु भएको छ ।
बुबा सहित गिरीको परिवार बिगत सात बर्ष देखि जापानको आदचि कु अन्तर्गत कावागुचिमा बसोबास गर्दै आईरहेको थिए । रेष्टरेन्ट ब्यबसायी गिरी गत शुक्रवार दिनको करिब तिन बजेको समयमा निसिहाराईमा गिरीको स्कुटरलाई गाड़िले ठक्कर दिएको प्रहरीले जानकारी दिएको छ ।
एनआरएन जापानका वरिष्ठ उपध्यक्ष देविलाल भन्डारीका अनुसार गिरीको परिवारमा एक बहिनी सगै चार दाजुभाई रहेका छन । गिरीको शवलाई आउदो हप्ता जापानमा नै अन्तिम संस्कार गरिने पनि उहॉले जानकारी दिनु भयो ।
गिरीको बुबा आमा सहित सबै परिवर जापानमा नै रहेका छन ।
