सोमबार, बैशाख ०७, २०८३

सर्जक पौडेलको देश प्रेमी गीत “तराईमा धान झुल्दा” बजार चर्चा

जापान । मौलिक गीत उहि खोलीमा पानी बजारमा ल्याइ संगितिक फाट्मा आफुलाई प्रखर एवम उत्कृष्ट शब्द सर्जक केशव पौडेलको देश प्रेमी गीत “तराईमा धान झुल्दा” बजारमा निकै चर्चा कमाएको छ ।
नवलपुर गैंडाकोट नगरपालिकामा २०३८ सालमा सामान्य परिवारमा जन्मिनु भएको थियो शब्दका खानी पौडेल रोजगारीको सिल्सिलामा नेपालीका गन्तब्य मानिने बिभिन्न देश हुदै हाल जापानलाई आफ्नो कर्म थलो बनाउदै आएका छन् । संसारको ब्यस्त शहर मध्येको एक शहर टोक्योको एक रेस्टुरामा दक्षिण एसियाका प्रसिद्ध खानाका पारीकारले जापानिजलाई नयाँ स्वाद चखाउदै आउनु भएको छ । लगभग पुरै दिन काममा ब्यस्त पौडेल समयको केही चौथाइ शब्द सन्कलनलाई दिने बताउनुहुन्छ । भाबुक एवम ठत्यौली पाराका शब्दको समायोजन् गरी तयार भएका पौडेलका सृजना नीकै मन छूने हुन्छन सङ्गितिक क्षेत्रप्रतिको रुची साथै आफ्नो संस्कृति प्रतीको लगाबका कारण २०७३ सालमा पहिलो कोसेली स्वरुप उही खोलीमा पानी नामक प्रसिद्ध गीत बजारमा ल्याइ साङगीतिक यात्राको प्रारम्भ गर्नु भएको थियो । सुरुवात मै मिलेको सफलता ले पौडेललाई अझै धेरै गीतहरु स्रीजना गर्ने भुटभुटो छ १हाल पनि पौडेलका शब्दमा सजिएका थुप्रै गीतहरु तयार हुने क्रम मा छन्
जापानलाई कर्मभूमि बनाउदै आएका सर्जक केशब पौडेल “तराईमा धान झुल्दा” नामक देशभक्ती गीत दोस्रो कोसेकी स्वरुप बजार ल्याउनु भएको छ ।
गीतमा आवाज भने नेपाल आइडलकी कोईलीको उपनामले चर्चाको शिखरमा रहेकि गायिका मेनूका पौडेल र चर्चित गायक श्री कृष्णबम मल्लको रहेको छ । संगीत भने रामकृष्ण बम मल्लको नै रहेको छ गीतको भिजुवल भने अमित सापकोटाको निर्देशनमा तयार पारीएको छ ।