बुधबार, असार १०, २०८३

अर्घाखाँची समाज जापानको अध्यक्षमा नेत्र बिष्ट निर्वाचित

जापान,१ मंसिर ।  अर्घाखाँची समाज जापानको अध्यक्षमा नेत्र बिस्ट निर्वाचित भएका छन ।समाजको संरक्षकमा निबर्तमान अध्यक्ष ज्योतिस घर्ती मगरलाई चयन गरेको छ ।

१६ तारिकमा जापानको टोकियो स्थित डबका रेस्ट्रूरेंटको हलमा सम्पन्न अधिबेसनले नेत्र बिस्टको अध्यक्षतामा ३१ सदस्यीय कार्यसमिति सर्बसहमत निर्वाचित गरेको छ । अधिवेशनको बन्द सत्रको लागी ज्योतिस घर्ती मगर ,दीपक थापा र बाबूराम पौडेल रहेको अध्यक्ष मण्डलले निर्वाचन प्रक्रिया समेत सम्पन्न गरेको थियो । बिस्टको अध्यक्षतामा निर्वाचित कार्यसमीतीको उपाध्यक्षमा क्रमश आयन बहादुर टण्डन, दीपक थापा र कृष्ण के.सी. महासचिबमा बाबूराम पौडेल सचिबमा क्रमशः नारायण भुसाल,हरी गौतम,र नेत्र पन्थी कोषाध्यक्षमा गणेश रायमाझी र सहकोषाध्यक्षमा संगीता थापा निर्वाचित गरेको छ । सदस्यहरूमा चेतन घर्ती मगर,आनन्द अधिकारी, कृष्ण ब. आले, टोप ब. घर्ती मगर,बासूदेब फ़ूलेल,ललित घर्ती मगर , मूमा टण्डन, राजकुमारी रायमाझी ,चेतनारायण थापा ,रबीन कुँवर, प्रदीप पौडेल, दिल श्रेस्ठ,कृष्ण आले ,दामोदर आचार्य , खुम ब. अधिकारी ,निर्वाचित भएका छ ।

अर्घाखाँचीको विभिन्न स्थानबाट जापान आएर भिभिन्न क्षेत्रमा रहेका अर्घाखाँचेली हरूको बाक्लो उपस्थित रहेको आधीबेस संस्थाको अध्यक्ष ज्योतिस घर्ती मगरको अध्यक्षता र दीपक थापाको संचालनमा सम्पन्न भएको थियो । उक्त अधिवेशनको अतिथिमा यूथ फर अल जापानको अध्यक्ष बाबूराम पौडेल , पर्वत समाज जापानको महासचिव जनक सूबेदी , लोक तथा दोहोरि गाएक चेतन घर्ती मगर र आनेसास जापानको सदस्य आनन्द अधिकारीको बिशेस उपस्थित रहेको थियो ।

समाजले अर्घाखाँचीको ६ ओटै स्थानीय संरचना मा आफ्नो सामाजिक गतिविधिलाई बिकेंद्रित गर्नको लागी ज़िम्मेबारीसमेत तोकेको छ । अधिवेशनले एक सल्लाहकार समिति निर्माण गरेको छ , जसमा ओम थापा,राजन न्यौपाने,कमल पन्थी सोम थापा , रहनु भएको छ ।