बुधबार, असार १०, २०८३

एनआरएनए जापानले “हिमालयन ल्होसार नाईट” गर्ने (विज्ञप्तिसहित)

टोकियो,१ मंसिर । गैर आवासीय नेपाली संघ ( एनआरएनए ) जापानले नेपालीहरूको सांस्कृतिक पर्व ल्होसारको अबसरमा ‘हिमालयन ल्होसार  नाईट”गर्ने भएको छ ।
बिहिबार अध्यक्ष टासी वाङ्दी लामाको सभापतित्वमा बसेको संघको पाचौँ पुर्ण बैठकले ल्होसार तथा नयाँ वर्षको अवसरमा नेपाल आईडलका कलाकारहरुको सहभागीतामा “हिमालयन ल्होसार नाईट वीथ नेपाल आईडल” नामक बृहत साँगीतिक कार्यक्रम आयोजना गरी रकम अभिवृद्धी गर्ने निर्णय गरेको छ ।
कार्यक्रम फेब्रुअरी २४ तारिख नागोया,२५ तारिख टोकियो र मे महिनाको पहिलो साता फुकुओकामा गरिने एनहारएन्ए जापानका प्रवक्ता पर्शुराम बस्नेतले जानकारी दिनुभयो ।

यसका साथै बैठकले,क्युसु क्षेत्रिय कमिटीमा देखापरेको समस्या सामाधानका लागि संयोजक तथा उपसंयोजकलाई केन्द्रमा बोलाई छलफल गरी निश्कर्ष निकाल्ने,विगतका वर्षहरुमा नेपाल जापान युथ क्लव र वी फर अल नामक संस्थाले आयोजना गर्दै आएको “बुद्ध शान्ति र्याली” लाई संघ पनि आयोजक रहि अझ बृहत बनाईने र त्यसका लागि संघका उपाध्यक्ष सरोज कुमार खत्री र युवा संयोजक लेलिन भट्टचन संयोजक रहने, आउँदो अप्रिलमा “ गुन्छान नेपाली कप २०१६” मा एनआरएनए जापानलाई उपाधी जिताउन सफल “जापान नेपाल फुटबल संघ”का अध्यक्ष बसन्त गौचन लगायत सम्पुर्ण खेलाडीहरुलाई बधाई सहित धन्यबाद ज्ञापन गरिएको थियो ।

साथै एनआरएनए आईसीसीले संचालन गरेको उज्यालो नेपाल अभियानलाई सफल बनाउन सम्पुर्ण नेपाली समुदायलाई आह्वान गरी सक्दो सहयोग गरिने लगायतका निर्णयहरु गरिएको संघको विज्ञप्तिमा जनाएको छ ।

nrn