कोरिया : नेपाली आधुनिक गीतसंगीतको खब्बा राजेश पायल राईको स्वरमा बजारमा आएको “क्यारम त नि” गीत यूट्यूब मार्फ़त सार्वजनिकभएको छ ।
उक्त गीतको म्युजिक भिंडियोमा उदाउदा मोडल संजीब राईले डाईरेक्शन गरेका छन ।कोरियामा बनेको अहिले सम्मकै हर्ट बोल्ड सीन भएको उक्त गित एक दिन मै हजारौले हेरिसकेको छन ।उक्त गीतमा प्रेमबहादुर कटवालको शब्द रहेको छ भने अहिलेका चर्चित संगीतकार डि.आर.अटुको संगीत रहेको छ। उमेश राई,राज कुमारी तामाङ अनि राम क्षेत्री को अभिनय रहेको उक्त भिडियोमा बिक्रम नेम्वाङले क्यमेरा वर्क अनि दिलिप थापाको कोरियोग्राफी रहेको छ ।
नेपालको उदयपुर जिल्ला निवाशी, प्रतिभावान संजिवराई त्रिभुवन विश्वविद्यालय अन्तर्गत एम एस सी गर्दै गरेका राई सन् २०१३ मा कोरीया प्रवेश गरेका छन । अध्ययन गर्दा गर्दै राजनितीमा सक्रिय उनी म्युजिक भिडीयो मोडलीङ गर्दा- गर्दै अहिले डाईरेक्सनतिर अघिबढेका छन्। – धेरै क्षेत्रमा प्रतिभा भएका राई, आशिक राईको ” प्रदेशी भइयो छोडी आफ्नै गाउँ- वेशीलाई सम्झना छ भनिदिनु है मेरी प्रियसीलाई” बोलको म्युजिक भिडियोबाट मोडलिङ यात्रा शुरू गरेका हुन। कोरीयामा काम गर्दा- गर्दै बचेको समयको राम्रो सदुपयोग गरेका राई अहिले बुसान- किम्हे क्षेत्रमा हरेक सामाजिक कार्यमा त्यतिकै सक्रिय देखीन्छन। राई साथीभाई संग त्यतिकै मिलनसार र सहयोगी देखीन्छन्।
संजीब राईले आधा दर्जन भिडियो मा अभिनय गर्नु का साथै तेतिनै संख्या मा निर्देशन गरेका छन। ईच्छा र शोक हो भन्दै दुवै पाट मा सहज भुमिका निर्वाह गर्नसक्ने संजिव राई कोरीयाकै एक उदाहरणिय नेपाली पात्र बन्दैछन्।
