टोकियो,५ कात्तिक । किराती लिम्बूहरूको साझा संस्था किरात याक्थुङ चुम्लुङ जापानको दीपावली तथा नाम्लिङेक लारिङ्गगेक २०७४ शुभकामना कार्यक्रम सम्पन्न गरेको छ ।
आज आइतवार टोकियोमा सदाझै यस बर्ष पनि दिपावलीको शुभकामना आदान प्रदान कार्यक्रम सम्पन्न गरेको हो ।
जनजाति महासंघ जापानका महासचिव हर्क गुरुङ्को प्रमुख आतिथ्यता,तमुधि जापानका अध्यक्ष श्री गुरुङ्, शेर्प संघका अध्यक्ष गेलू शेर्प ,थकाली सेवा समाजका अध्यक्ष बुद्दी थकाली ,चितवन समाज जापानका कावा अध्यक्ष इश्वरी कडेल ,पूर्वी नेपाल बिकास मंचका उपाध्यक्ष कुमार कार्की ,जनजाति पत्रकार महासंघका अध्यक्ष शान्त पहरी , किरात राई यायोख्खा ,मगर संघ लगाएत चुम्लुङ का सल्लाहकारहरूको आतिथ्यता सम्पन्न कार्यक्रममा लिम्बूहरूको बाहुल्य सहभागिता रहेको थियो ।
सो अवसरमा जापानमा रहेका कलाकारहरूले मनोरंजन गराएका थिए ।


चुम्लुङ जापानका अध्यक्ष सुमन लिम्बूको अध्यक्षतामा भएको कार्यक्रममा पाथिभरा मन्दिर जाने प्रवेश द्वारमा पैदल मार्गी पर्यटक थकान बस्ने प्रतीक्षालय बनाउने योजनासमेत महासचिव लक्ष्मीहाड० आड०बोले प्रस्तुत गरेको थियो ।

