सोमबार, कार्तिक ११, २०८२

एनआरएनए अध्यक्ष भवन भट्टलाई जापानमा भब्य स्वागत

टोकियो,५ कात्तिक । गैरआवासिय नेपाली संघ एनआरएनए अन्र्तराष्ट्रिय समन्वय परिषदको अध्यक्षमा निर्वाचित हुनुभएका भबन भट्टलाई जापानवासीले भब्य स्वागत गरेका छन् ।
अध्यक्ष भट्ट आज आईतवार एनआरएनएको ८ औ विश्व सम्मेलन सम्पन्न गरेर पहिलो पटक कर्मथलो जापान आईपुग्नु भएको थियो ।
भट्ट एनआरएनको काठमाडौंमा सम्पन्न आठौं सम्मेलन मार्फत २ बर्षका लागी अध्यक्षमा निर्वाचित हुनुभएको हो ।
एनआरएनए जापानको पदाधिकारी,जापानस्थित विभिन्न संघसंस्थाका प्रतिनिधी लगाएत जापानवासी अध्यक्ष भट्टको स्वागतको लागि हानेदा विमानस्थल पुगेका थिए ।