काठमाडौं,१ कात्तिक । गैरआवासीय नेपाली संघको प्रवक्तामा भूषण घिमिरे नियूक्त भएका छन्। घिमिरेलाई संघको बुधवार विश्वसम्मेलन स्थलमा बसेको गैरआवासीय नेपाली संघको नवर्निवाचित कार्यसमितिले प्रवक्ताको जिम्मेवारी दिएको हो।
जापानको सोफिया युर्निभरसिटीबाट पत्रकारितामा स्नातकोत्तर गरेका घिमिरे टोकियोमा रेष्टुरेन्ट तथा ग्रोसरी व्यवसायमा संलग्न छन्। १६ वर्ष देखी जापानमा बसोवास गर्दै आएका घिमिरे यसअघि युग सम्वाद साप्ताहिकको कार्यकारी सम्पादक भएर काम गरेका थिए। नेपाल पत्रकार महासंघको केन्दिय सदस्यको जिम्मेवारी समेत सम्हालिसकेका उनले रेडियो नेपालको समाचार मूलक कार्यक्रम परिवेशको प्रस्तोता थिए ।
हाल उनी जापानमा पनि ब्यवसायी गर्दै पत्रकारीता पनि साथमा लिएर नेपाल पत्रकार महासंघ जापान शाखाको सल्लाहकार छन् ।
