बुधबार, असार १०, २०८३

एनआरएनए आईसीसी अध्यक्षमा भवन भट्ट बिजयी

काठमाडौँ,३१ असोज । गैरआवासिय नेपाली संघ (एनआरएनए) अन्र्तराष्ट्रिय समन्वय परिषदको अध्यक्षमा भबन भट्ट निर्वाचित हुनुभएको छ ।

शनिवारदेखि सुरु भएको एनआरएनएको ८ औ विश्व सम्मेलनको मतदान सोमबार बेलुकादेखि सुरु भई मंगलवार विहान घोषणा भएको थियो । निकटतम प्रतिस्पर्धी जमुना गुरुङलाई पराजित गर्दै भट्ट ११९७ मतका विजयी भएका छन् । भट्ट यस अघि दुई कार्यकाल उपाध्यक्ष रहेका भट्ट एनआरएनको काठमाडौंमा सम्पन्न आठौं महाधिबेसन मार्फत २ बर्षका लागी अध्यक्षमा निर्वाचित हुनुभएको हो ।

यस्तै दुई खुल्ला उपाध्यक्षमा कुमार पन्त र कुल आचार्य बिजयी हुनुभएको छ भने महिला उपाध्यक्षमा सफोला राजभण्डारी निर्बाचित हुनुभएको छ ।

महासचिवमा डा. बद्रि के सी र कोषाध्यक्षमा हिक्मत थापा दोहोरिनुभएको छ ।

एशिया संयोजकमा किरण थापा , उप-संयोजकमा पारसमनि पोखरेल युवा संयोजकमा अध्यक्ष सुदन थापा निर्वाचित भएका छन्