बुधबार, असार १०, २०८३

काभ्रेली समाज जापानको आर्थिक सहयोग

टोकियो,३० असोज । काभ्रेली समाज जापानले सडक बालबालिकाको शिक्षा र स्वास्थ्य सहयोगार्थ दुई लाख रुपैया सहयोग हस्तान्तरण गरिएको छ ।
काभ्रे क्षेत्र नं १ का पुर्व सांसद तीर्थ लामाको समुपस्थितिमा एक पत्रकार सम्मेलन मार्फत सी नेपालको अध्यक्ष स्मिता लामालाई उक्त रकम हस्तान्तरण गरिएको हो ।
उक्त अबसरमा बोल्दै लामाले आफ्नो मातृभुमीलाई छोडेर पर्देशमा रहेर पनि काभ्रेली भाईबहिनीहरूले आफ्नो जन्मभूमि प्रति देखाएको मायाले निकै प्रभावित भएको भन्दै धन्यबाद ब्यक्त गर्नुभएको छ ।
काभ्रेली समाज जापानले स्थापनाको छोटो समयमै चर्चित कलाकार राजु लामालाई जापानमा ल्याएर लाईभ कन्सर्ट आयोजना गरिएको थियो । उक्त कार्यक्रमबाट उठेको रकम आज एक कार्यक्रम गरी नेपालमा रहेका असाहय बालबालिकाहरुको हितको लागि सो रकम हस्तान्तरण गरेको काभ्रेली समाज जापानका अध्यक्ष मेख लामाले जानकारी गराउनु भयो ।
यसको साथै काभ्रेली समाजजापानले आफ्नो स्थापनाको छोटो समयमा यस किसिमको सामाजिक कामहरू धेरै गरेका छन । आत्माहत्या गरेका बिधार्थी २ जनालाई आर्थिक सहयोग , सर्स्यूंखर्कका काभ्रेका मृगौला रोगी बुद्दिलाल तामाड०लाई १ लाख पचास हजार भन्दा बढी रकम संकलन गरेर हस्तान्तरण गरिएको थियो । त्यसैगरी समाजकै आयोजनामा टोकियोकै धेरै धनराशि जपनिज येन ३ लाख बराबर भएको फुटबल प्रतियोगिताको समेत सफल आयोजना गरेको काभ्रेली समाजले आगामी दिनहरूमा पनि यस्तो सामाजिक कामहरू गर्दै जाने बताएका छन । समाजको हरेक कार्यक्रममा प्रत्यक्ष अप्रत्यक्ष रूपमा सहयोग गर्नुहुने सम्पूर्णलाई काभ्रेली समाज , जापानले हार्दिक धन्यबाद ज्ञापन ब्यक्त गरेको छ । साथै समाजका संरक्षक द्वय , प्रमुख सल्लाहकारहरू , सल्लाहकारहरू , कार्यसमितिका सम्पूर्ण पदाधिकारी एबं सदस्यहरूलाई अहिले सम्म गरिदै आएको सहयोगको लागि समाजका अध्यक्ष मेख बहादुर तामाड०ले हार्दिक धन्यबाद दिदैं हरेक कार्यक्रममा भएको कमीकमजोरी प्रति क्षमा चाहदैं आगामी दिनमा अझ एकताबद्द भएर समाजसेवामा काभ्रेली समाज , जापानलाई अझ अब्बल बनाऊन समेत आग्रह गरेको छ ।
हाल सी नेपालले २६१ जना घरबार विहिन वालवालिकालाई खान, बस्न र शिक्षाको व्यवस्था गर्दै आइरहेको छ ।