शुक्रबार, बैशाख ०७, २०८१

आफ्नी प्रेमीलाई छोडेर ज्ञानु भाई अर्कीसंग लागेपछी (भिडियोसहित)

जापान,३० असोज । जापानमा आफनी प्रेमीलाई छोडेर ज्ञानु भाई “गोतामे” अर्कीसंग माया लागेपछी उनको मायामा बितंड मच्किएको छ ।

तर यो कुरा यथार्थमा नभइ धुर्व प्रसाद अमगाईको आधुनिक “कहिले माया यता लायौ” गीतमा अभिनय गरेका छन ।
जापानमा अध्ययनसंगै कर्मथलो बनाईरहेका ज्ञानुभाई (ज्ञानेन्द्र गोतामे )एकाएक नेपाली गीतसंगीत क्षेत्रमा अभिनय ब्यस्त देखिएका छन ।
पढाई,काम र समयको मध्यनजर राख्दै थोरै समय निकालेर अभिनय गर्दै आएका छन ।
गीतकार अमगाईको भर्खरै मात्र बजारमा आएको आधुनिक “कहिले माया यता लायौ” बोलको नयाँ आधुनिक गीत यूट्यूबमार्फ़त सार्वजनिक गरेको छन ।
सो गीतमा म्यूज़िक राजेश थापा ,स्वर गायिका जुनु रिजल कफ्ले,एरेंज सुमन क्षेत्री,निदेशन अमित सापकोटाले गरेका छन भने ज्ञानु भाई, आरोहि सूबेदी ,श्रीजा थापाले अभिनय गरेका छन ।