काठमाडौं,२९ असोज । संविधान निर्माणका लागि बनेको रुपान्तरित संसदको अन्तिम बैठक शनिबार बसेको छ । शीर्ष नेताहरुले विदाई सम्बोधन गरेका छन् ।
बैठक अघि सभामुख ओनसरी घर्ती मगरसहित सांसदहरुले सामूहिक फोटो खिचाएका छन् । सभामुख ओनसरी घर्तीले प्रमुख तीन दलका शीर्ष नेताहरुसँग पनि फोटो खिचाइन् ।
०७० सालदेखि संविधान निर्माण लगायतका ऐतिहासिक गतिविधिमा सँगसँगै काम गरेका सांसदहरु अन्तिम बैठकमा शीर्ष नेताहरुसहितको सामुहिक तस्विर खिचाएर विदाई भए । व्यवस्थापिका संसदको चार वर्षे अवधि शनिबारबाट समाप्त भएको छ । त्यसैले शनिबार संसदको विदाई बैठक राखिएको थियो । संविधान बनाउन भूमिका खेलेको सम्मान स्वरुप विशेष लोगोसहित बाटो खर्च दिएर सांसदहरुलाई विदाई गरिएको छ । विदाई स्वरुप सभामुख ओनसरी घर्तीमगरले संसद भवन परिसरमै रात्री भोजसमेत आयोजना गरिन् ।
संविधानले दिएको अधिकार प्रयोग गर्न नपाउने : प्रधानमन्त्री देउवा
प्रधानमन्त्री शेरबहादुर देउवाले मन्त्रिपरिषद विस्तार प्रधानमन्त्रीको संवैधानिक अधिकार भएको बताएका छन् ।
संसदको अन्तिम बैठकमा बोल्दै उनले संविधानले दिएको अधिकार प्रधानमन्त्रीले प्रयोग गर्न नपाउने रु भन्दै प्रश्न गरे। देउवाले मन्त्रिपरिषदमा मन्त्रीको संख्या दुइचार दिनमा घट्न पनि सक्ने बताए । कांग्रेसले राष्ट्रियता र प्रजातन्त्रको खिलाफमा कांग्रेसले सम्झौता नगर्ने बताए।
राष्ट्रपतिले संवैधानिक राष्ट्रपतिको भूमिका निर्वाह गर्नु भएको भन्दै देउवाले धन्यवाद दिए। मन्त्रिपरिषद बिस्तारबारे राष्ट्रपतिलाई उचाल्न खोजे पनि त्यो असफल भएको उनले बताए ।
मन्त्रीहरुकै जुलुस गर्नु हुन्छ : ओली
नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले रोष्टमबाटै प्रधानमन्त्रीसामू थप मन्त्री किन चाहियो भनेर प्रश्न गरेका छन् । अझै समय रहेको भन्दै उनले प्रस्तावित मन्त्रीहरुको नाम फिर्ता लिन पनि आग्रह गरे ।
शुक्रबार संसदको अन्तिम बैठकलाई सम्बोधन गर्दै ओलीले मन्त्रिपरिषद् विस्तारको विरोध गरे । काम चलाउ भइसकेको वर्तमान सरकारको एक मात्र काम तोकिएकै समयमा स्वतन्त्र र निश्पक्ष चुनाव गराउनु भएको भन्दै ओलीले भने, ‘गृह, अर्थसहित २र३ मन्त्री भए पुग्छ । सुनिँदैछ मन्त्री ७० भन्दा ६ कम पुग्दैछ ।
सरकारको चर्को आलोचना गर्दै ओलीले यसमा प्रतिपक्षको गम्भीर आपत्ति रहेको बताए । सरकार कानुनभित्र बस्नु पर्ने भन्दै उनले भने, ‘यो निर्वाचन आयोगको निर्णय विपरित हो । फेरि सपथ गराउन कसरी जाँदै ओलीको प्रश्न गरेका थिए ।
संविधान निर्माणको लागि धेरै सहजता अपनाए : दाहाल
नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहालले संविधान निर्माणको लागि पार्टीले कम्प्रोमाइजु गरेको बताएका छन् ।
संसदको अन्तिम बैठकमा बोल्दै दाहालले दोस्रो संविधान सभाबाट संविधान बन्दैन कि भन्ने शंकाका कारण कम्प्रोमाइज गरेरै भए पनि संविधान जारी गरिएको बताए ।
संविधान सभाबाट संविधान बन्दैन कि भन्ने शंकाका कारण कम्प्रमाइज गर्नु पर्ने अवस्था अर्को तर्फ हामीले नेतृत्व गरेका उत्पिडित समुदायका माग सम्वोधन हुँदैनन् की भन्ने चिन्ता हामीमा थियो,’ संसदमा बोल्दै उनले भने।
संविधान सभाबाट संविधान पनि बनोस् र आधारभुतरुपमा सबैका भावना सम्वोधन हुन् भन्ने चाहना माओवादीको रहेको उनले बताए ।
