शनिबार, बैशाख १५, २०८१

नम्बर वन ट्रावल र इजी लिंकको कामताबाट संयुक्त कारोबार सुरु

जापान,२८ असोज । एयर टिकेटिङ गर्दै आएको नम्बर वन ट्रावल र रेमिट्यान्स कम्पनी इजी लिंकले जापानको कामताबाट संयुक्त कारोबार सुरु गरेको छ ।
कामतामा आज शनिवारवाट संयूक्त ब्यवसायिक सुरु गर्ने गरि शाखा अफिस एक औपचारिक कार्यक्रम गरि सुरु गरेको हो । आज एक कार्यक्रमका विच नम्बर वन ट्रावल कम्पनीका तर्फवाट मेनेजिङ डिरेक्टर रानजन दासदेब र डिरेक्टर हिदेओ सावदा र इजी लिंक रेमिट्यान्सका प्रबन्धक प्रमुख कार्यकारी अधिकृत डीपी अर्यालले संयूक्त रुपमा रिवन काटेर कारोवार सुरु गर्ने गरि शाखा स्थापना गरेका छन् ।
दुवै कम्पनीले दोहोरो ब्यवसाय सम्झौता गरि कामताबाट संयुक्त कारोबार सुरु गरेको इजी लिंक रेमिट्यान्सका प्रबन्धक प्रमुख कार्यकारी अधिकृत डीपी अर्यालले बताउनु भयो ।
एयर टिकेटिङमा विशेष गरि विदेशिहरुलाई प्राथामिकता दिएर सहुलियत दिने नम्बर वन ट्रावल कम्पनीका मेनेजिङ डिरेक्टर रानजन दासदेबले बताउनु भयो ।
यि दुई कम्पनी नम्बर वन ट्रावलको टिकट लिएर आए इजी लिंकवाट फ्रि रेमिट्यान्स गर्न सकिने र इजी लिंकवाट पैसा पठाएको रिपेप्ट लिएर गए नम्बर वन ट्रावलले टिकेटिङमा सहुलियत दिने जनाएको छ ।
यी दुवै कम्पनीले एकै ठाउँवाट आफ्ना सेवाग्राहीलाई थप सहज र सुलभ बनाउँदै लैजान बताएको छ ।
number 1
number 1 traaryal