काठमाडौं,२८ असोज । गैरआवासीय नेपाली संघ एनआरएनए जापानका पुर्व महासचिव तथा आइसीसी सदस्य चयन भएका अनुज थापा ठगी अभियोगमा प्रहरीले पक्राउ छन् ।
थापालाई शुक्रवार महानगरीय प्रहरी परिसरले काठमाडौंबाट पक्राउ गरेको हो ।
एनआरएनएको आठौं ग्लोबल सम्बेलनमा सहभागी हुन जापानबाट गएका उनलाई जापानी नागरिकको ७ करोड नेपाली रुपैयाँ ठगी अभियोगमा प्रहरीले पक्राउ गरी हिरासतमा लिएको जनाएको छ ।
एनआरएन सम्मेलनमा थापा नेपाल आएको जानकारी पाएपछि उनी पनि नेपाल आएर थापाविरुद्ध नेपाल प्रहरीमा उजुरी दिएका थिए । महानगरीय प्रहरी परिसरका एसएसपी रवीन्द्र धानुकका अनुसार उनीविरुद्ध ठगी अभियोगमा काठमाडौं जिल्ला अदालतबाट न्यायिक हिरासतमा राख्ने अनुमती लिई ठगी अभियोगमा अनुसन्धान भइरहेको छ ।
थापाले जापानमा रहेको एउटा विश्व विद्यालयको शाखा नेपालमा खोल्छु भनेर ७ करोड नेपाली रुपैयाँ लिएको उजुरीमा उल्लेख छ । सो रकम नेपालमा विश्वविद्यालयको शाखा नखोली उनले निजी घर र गाडी किन्न प्रयोग गरेका थिए। त्यही घर धितो राखेर थापाले बैंकबाट ऋण निकालेका थिए। २०७२ को भूकम्पले उनको घर चर्किएपछि फेरि मर्मतका लागि भन्दै बैंकबाट अर्को किस्ता ऋण झिकेका थिए।
नेपालमा विश्वविद्यालयको शाखा खोल्न पैसा दिएको वर्षौं बितिसक्दा पनि कुनै प्रगति भएको नेदेखेपछि उनलाई पैसा उपलब्ध गराउने जापानी प्राध्यापकले थापासँग पैसा फिर्ता मागेका थिए।
पक्राउ परेका थापा नेपाल पर्यटन बोर्डका जापानस्थित पर्यटन प्रतिनिधि पनि हुन्। एनआरएन सम्मेलनमा थापा नेपाल आएको जानकारी पाएपछि उनी पनि नेपाल आएर थापाविरुद्ध नेपाल प्रहरीमा उजुरी दिएका थिए । महानगरीय प्रहरी परिसरका एसएसपी रवीन्द्र धानुकका अनुसार उनीविरुद्ध ठगी अभियोगमा काठमाडौं जिल्ला अदालतबाट न्यायिक हिरासतमा राख्ने अनुमती लिई ठगी अभियोगमा अनुसन्धान भइरहेको महानगरीय प्रहरी परिसर काठमाडौंले जनाएको छ ।
