जापान,२३ असोज । गैरआवासीय नेपाली संघ (एनआरएनए ) एसिया प्यासिफिक क्षेत्रिय संयोजक पदमा पुनः किरण विक्रम थापाले उम्मेद्धारी दिने भएका छन् ।
जापानमा सफल ब्यवसाय र सामाजिक काममा सक्रिय थापाले आगामी अक्टोवर १४ देखि १७ तारिकसम्म काठमाडौँमा हुने एनआरएनए सम्मेलनमा एसिया प्यासिफिक संयोजक पदमा दोश्रो कार्यकालका लागि उम्मेदवारी घोषणा गरेका हुन् ।
एसिया प्यासिफिक क्षेत्रका स्थानीय एनसीसी तथा अन्य सुवेक्षुकहरुको अनुरोधका आधारमा आफुले पुनः दोहोर्याउन लागेको थापाले जानकारी दिनुभयो । अधिकांसले मलाई नै रहन आग्रह गरे बमोजिम उम्मेदवारी दिएको थापाको भनाई थियो ।
एसिया प्यासिफक क्षेत्रमा रहने गैरआवासीय नेपालीहरुको हकहित र देखिने गरि काम गर्न बाँकी रहेकाले आगामी कार्यकालमा काम गरेर देखाउने थापाको दावी छ ।
थापाल् जापानमा रेष्टुरेन्ट, आयात निर्यात र अन्य विभिन्न व्यवसायमा संलग्न छन् ।
