बुधबार, असार १०, २०८३

राष्ट्र र राष्ट्रियता वलियो बनाउन बाम एकता : नेता बडाल

जापान,२२ असोज । पुर्व उद्योगमन्त्री तथा एमाले स्थायी कमिटी सदस्य केशव बडालले राष्ट्र र राष्ट्रियता वलियो बनाउन बाम एकता भएको बताएका छन ।

प्रवासी नेपाली मञ्च (ओएनएफ)जापानको,शनिबार टोकियोमा कार्यकर्ता प्रशिक्षण कार्यक्रममा सो कुरा बताउनु भएको हो ।
कार्यक्रममा प्रमुख वक़्ताको रूपमा बोल्दै बडालले समृद्द नेपाल निर्माणका लागि व्यक्तिगत र पार्टीगत स्वार्थभन्दा माथी उठेर नेपाल र नेपाली जनताको लागि वाम एकता अपरिहार्य भएको बताउदै वाम एकताको यो कदमले समृद्द मुलुक निर्माणका लागि परिवर्तित राजनितिक वातारणमा पनि आफुहरु मिलेर जाने बताए ।
टोकियोको शिनओकुबो स्थित नेपाली मुराहलमा सम्पन्न,“परिवर्तित राजनितिक अवस्था : पार्टी एकता,आवश्यकता,समस्या र चुनौति”विषयक कार्यक्रममा दर्जनौँ कार्यकर्ताहरुको उपस्थिती रहेको थियो ।

प्रवासी नेपाली मञ्च जापानका कार्यवहाक अध्यक्ष,बावुराम भण्डारीको सभातित्वमा,पुर्व उद्योगमन्त्री तथा एमाले स्थायी कमिटी सदस्य केशव बडालको प्रमुख आतिथ्यता रहेको कार्यक्रममा,बैकल्पिक पोलिटव्युरो सदस्य एवं पुर्व सामान्य प्रशासनमन्त्री युवराज कार्की को विशेष आतिथ्यता र समृद्द नेपाल निर्माणका लागि व्यक्तिगत र पार्टीगत स्वार्थभन्दा माथी उठेर नेपाल र नेपाली जनताको लागि वाम एकता अपरिहार्य भएको बताउदै वाम एकताको यो कदमले समृद्द मुलुक निर्माणका लागि परिवर्तित राजनितिक वातारणमा पनि आफुहरु मिलेर जाने बताए । हेको थियो । त्यस्तैगरी,केन्द्रीय लेखा आयोग सदस्य मिनराज कँडेलका साथै वालीका गिरी लगायतका व्यक्तित्वहरुको आतिंथ्यता रहेको थियो ।

D271EA84-5A42-4EA0-AB21-957E6043BA06ओएनएफ जापानका महासचिव सुरेश के सी सञ्चालन गरेको कार्यक्रममा,उपमहासचिव राजेन्द्र श्रेष्ठले स्वागत मन्तव्य,सचिवालय सदस्य पर्शुराम बस्नेतले विषयवस्तु प्रवेश तथा उपाध्यक्ष सिद्दार्थ श्रेष्ठले मन्तव्य राखेका थिए ।
कार्यक्रममा,दर्जनको हाराहारीमा, काँग्रेस लगायतका अन्य पार्टी परित्याग गरी प्रमुख अतिथिको हातबाट टिका ग्रहण गरि पार्टी प्रवेश पनि गरेका थिए ।908CDBD3-4907-45CC-A8EF-32AC8F2DE3C7