शनिबार, जेठ ०४, २०८२

“चाहिदैन मलाई हीरा र मोती“ बोलको गीतको भिंडियो सार्वजनिक

जापान,२१ असोज ।  गायक तथा संगीतकार आरके स्यांतानको पहिलो एल्बम “साकूरा” सामबेश भएको गीत “चाहीदैन मलाई हीरा र मोती” बोलको गीतको भिंडियो सार्वजनिक भएको छ ।

गत साल जापानको टोक्योमा एक सांगितिक कार्यक्रम मा बिमोचन गरेको सॉकूरा यहीं साता हाईलाइट नेपाल मार्फ़त बजारमा आएको छ जसमा शब्द संगीत अनि स्वोर स्वयम् आरके को रहेको छ भने फ़ीमेल भोकलमा अहिलेका संगीतिक आकाशका चर्चित गायिका मेलीना राईले साथ दिएकी छिन,र यस गीतलाई जापानका एक चर्चित डिरेक्टर तथा कैमरामेन रोशन कार्किले निर्देशन गरेका छन भने जापानक़ै उदाउदय गरेका मोडेल सुरेश तितुङ र शंध्या कार्किले बेजोड़ अभिनय गरेका छन ।