सोमबार, जेठ २५, २०८३

चलचित्र ‘छक्का पन्जा-२’ले नयाँ रेकर्ड राख्ने सम्भावना

काठमाडौं,१९ असोज ।  चलचित्र ‘छक्का पन्जा २’ले दैनिक १ करोडको औषतमा व्यापार गरिरहेको छ । असोज ११ गतेको दिन डेढ करोडको हारहारीको व्यापार गर्दै नयाँ रेकर्ड बनाएको यो चलचित्रले सोमबारसम्म करिब ७ करोडको व्यापार गरेको वुझिएको छ ।
चलचित्रले ६ दिनमा करिब ६ करोड ८५ लाखको व्यापार गरेको छ । यती व्यापार गर्नका लागि चलचित्र ‘छक्का पन्जा’लाइ २५ दिन लागेको थियो । यसैले, पनि चलचित्र ‘छक्का पन्जा २’ले नयाँ रेकर्ड बनाउने संभावनालाइ कायमै राखेको छ ।
काठमाण्डौका लागि चलचित्रका वितरक गोपाल कायस्थका अनुसार, यो चलचित्रले ६ दिनमा ३ करोड ६५ लाखको हारहारीमा व्यापार गरेको छ । उनले दैनिक ६० देखि ६५ लाखको औषतमा चलचित्रले व्यापार गरेको छ । यो चलचित्रले ‘छक्का पन्जा’को रेकर्ड तोड्ने या नतोड्ने भन्ने कुरा आउदो आइतबार थाहा हुनेछ ।
चलचित्रका निर्माता तथा कलाकार दीपकराज गिरी भन्छन्(‘चलचित्रले दैनिक १ करोडको हारहारीमा व्यापार गरेको छ । असोज २१ गतेसम्म यही रफ्तारमा व्यापार भएको खण्डमा चलचित्रले ‘छक्का पन्जा’को रेकर्ड तोड्ने पक्का छ । दीपकले चलचित्र तिहारसम्म चल्ने विश्वास व्यक्त गरे ।