बुधबार, असार १०, २०८३

जनप्रगतीशिल मञ्च कोरियाले एकताको बृहत् भेला गर्ने

सोल,१६ असोज । माओबादी केन्द्रको प्रबास संगठन अन्तर्गत रहेको जनप्रगतीशिल मन्च कोरियाले एकताको बृहत् भेला गर्ने भएको छ ।

कोरियाको महान पर्व छुसकको अबसर पारेर यहि अक्टोबर ४ तारिक नेपाल हाउसमा गर्न लागिएको उक्त भेलामा बिभिन्न पार्टीबाट दर्जनौको संख्यामा उर्जाशिल युबाहरु धुर्बिकृत हुने जनप्रगतीशिल मन्च कोरियाले जनाएको छ ।

जनयुद्ध र जनआन्दोलनबाट प्राप्त उपलब्धीहरुलाइ सस्थागत गर्नको लागि र आदिबासी/जनजाति,दलित, मधेशी लगायत पिछडिएको समुदायका मुद्दलाइ बलियो बनाउनका लागि सबै एक हुनुको बिकल्प नरहेको बताउदै आफु माओबादी केन्द्रमा धुर्बिकृत हुन लागेको एक अभियन्ताले बताए ।

धुर्बिकरण अभियानलाई सफल पार्नको लागि जनप्रगतीशिल मन्च कोरियाले आन्तरिक रुपमा व्यापक तयारी गरिरहेको अध्यक्ष खगेन्द्र बुढाले बताए ।