जापान,१५ असोज । कानागावा केनमा रहेको खावासिकी बिजनेस कलेजको आयोजनामा बिभिन्न देशका विध्यार्थीहरुद्वारा गरिएको दुईदिने साँस्कृतिक कार्यक्रम सम्पन्न भएको छ ।
सेप्टेम्बर २९ र ३० तारिख गरी दुईदिनसम्म भएको कार्यक्रममा त्यस कलेज मातहत अध्ययनरत नेपाल,चीन,भियतनाम,श्रीलंका तथा जापानी बिद्यार्थीहरुले भाग लिएका थिए । बिभिन्न देशका विद्यार्थीहरुले आ-आफ्नो देशका विभिन्न मौलिक कला संस्कृति तथा खानाका परिकारहरु प्रदर्शन गरेका थिए ।
प्रदर्शनीमा नेपाली बिद्यार्थीहरुद्वारा राखिएको “सगरमाथा साँस्कृतिक समूह” नामक स्टलमा अवलोकनकर्ताहरुको विशेष आकर्षण रहेको थियो । प्रदर्शनीमा नेपाली बिद्यार्थीहरुले नेपालको मौलिकता झल्कने पोशाक लगाई नेपालका धार्मिक,साँस्कृतिक तथा पर्यटकिय महत्वका विविध पक्षहरुको जानकारी गराएका थिए । त्यस्का साथै विभिन्न प्रकारका नेपाली परिकारहरु पनि प्रदर्शनीमा राखिएको थियो । संयोगवस आईतबार विजयदशमी परेकाले स्टल अवलोकन कर्ताहरुलाई दसैँको टिका र जमरा लगाई नेपालको साँस्कृतिक पर्वको बारेमा जानकारी गराईएको संयोजक सिलवालले जानकारी गराए । प्रदर्शनीको त्यस कलेजमा अध्यायनरत विध्यार्थी तथा बाह्य गरी १ हज़ार भन्दा बढी विद्यार्थी तथा अन्य व्यक्तिहरुले अवलोकन अवलोकन गरेका थिए ।