शनिबार, जेठ ०४, २०८२

कानागावा नेपाली कम्यूनिटीद्धारा असहाय तथा गरिव जापानीलाई खाना खुवाए

टोकियो,१५ असोज । विजया दशमीको दिन पारेर  कानागावा नेपाली कम्युनिटीले असहाय तथा गरिव करिव ३५० जना जापानीलाई नेपाली खाना खुवाएका छन् ।

कम्युनिटीले नेपालीहरुको महान पर्व विजया दशमीको दिन पारेर खाना खुवाएको हो  विहान ७ बजे कम्युनिटीका अध्यक्ष हरि सापकोटाको नेतृत्वमा एक टोली ३ सय ५० जना जापानी वसोवास गर्ने स्थानमा पुगेका थिए ।

नेपाली खाना खुवाउने क्रममा अध्यक्ष सापकोटाले कानागावामा रहेका नेपालीहरुले सेवामुलक कार्यहरु निरन्तर गर्दै अघि बढ्ने बताए । विभिन्न पेशा व्यवसाय तथा अध्ययनका क्रममा रहेका नेपालीहरुको बसोवास रहेको छ ।