शुक्रबार, जेठ ०३, २०८२

लक्की टिम जापानको बाढी पिडितहरुलाई आर्थिक सहयोग

टोकियो,१३ असोज । प्रबासी नेपालीहरुको संस्था “लक्की टिम”जापानले नेपालका बाढी पिडितहरुलाई आर्थिक सहयोग गरेको छ ।
जापानबाट संस्थाले बाढीले बिभिन्न भागहरुमा दिएको पिडालाई सहानुभूति र सहयोग गर्ने उद्देश्यले करिब १ हप्ता अगाडी राहत संकलन गर्ने निर्णय गरेको अनुसार ५१,३३६ जापानी येन संकलन गरी नेपाल पठाएको नवराज गिरीले बताउनु भयो ।
संस्थाका सबै सदस्यहरुबाट सके जतिको राहत रकम संकलन गर्ने निर्णय पश्चात जापानको व्यस्त जीवनलाई मध्यनजर गरी, एक हप्ता राहत संकलन अभियान संचालन गरिएको थियो ।
उक्त छोटो अवधिको लागि भएपनि सबै सदस्यहरुबाट र अन्य मनका धनी व्यक्तित्वहरूबाट प्राप्त सहयोग स्वरुप राहत रकम संकल हुदॉ मनले चाहे र एकता भएमा थोरै समयमापनि धेरै गर्न सकिन्छ भन्ने कुराको ज्वलन्त उदहारण पुष्ट्याई दिएको छ। एक हप्ते अभियानले पुर्णविराम लिएको बताउंदै उक्त अभियानलाई सहयोग स्वरूप राहत प्रदान गरिदिनुहुने सम्पूर्ण मनका धनी व्यक्तित्वहरुलाई संस्थाले धन्यवाद तथा आभार प्रकट गरेको छ ।