बुधबार, असार १०, २०८३

आईसीसी युवा संयोजक पदमा सुदन थापाले उम्मेदवारी दिने

जापान,१२ असोज । गैरआवासीय नेपाली संघ (एनआरएनए ) जापानका निवर्तमान अध्यक्ष सुदन थापा आईसीसी युवा संयोजक पदमा उम्मेदवारी घोषणाको तयारी गरेका छ ।

गैर आवासीय नेपाली संघ अन्तराष्ट्रिय समन्वय परिषदको आठौ अधिवेशन यही असोज २८ देखि ३१ गतेसम्म काठमाडौमा हुन गइरहेको छ । जसमा थापाले आफनो उम्मेदवारी केहि दिनमा घोषणा गर्ने गरि तयारी गरिरहेको बुझिएको हो ।

एनआरएनए अभियानमा आफूलाई निकै सक्रिय रहन चाहाने स्वभावको थापा एनआरएनए जापानको सदस्य हुदै अध्यक्ष भइसक्नु भएको छ । जापानको अध्यक्ष हुँदा उहाँले नेतृत्व पक्तीमा रहेर गरेको महत्वपूर्ण कार्यलाई लिएर निकै राम्रो प्रसंसा हुने गरेको छ ।
थापा कामका हिसावले अनुभवी र युवाहरुलाई समेटेर नेतृत्व गर्नसक्ने व्यक्तिका रुपमा परिचित भएकाले पनि पदाधिकारीमध्येको महत्वपूर्ण पदमा उम्मेदवारी दिन लागेको निकट स्रोतले जानकारी गरायो । थापाले जापानको अध्यक्षको कार्यकाल समाल्दा नेपाल फेष्टिवल, मह जात्रा जापान, आरिगातोउ निहोन धन्यवाद जापान लगायतका महत्वपूर्ण कार्यक्रममा सफलता हासिल गर्नुभएको थियो ।

विश्वभरि छरिएर रहेका युवाका समस्याको समाधान तथा युवाहरुलाई समेटेर नेपाल र नेपालीहरुका लागि केही समय सकारात्मक सोच्ने र आफनो तर्फबाट केही न केही साथ र सहयोग गराउन पहल गर्ने योजना उहाँले तय गरिरहेको तथा युवाको बृहत्तर हितमा घोषणपत्र सार्वजनीक गर्नुहुने बताइएको छ ।