शुक्रबार, जेठ ०३, २०८२

जापानमा ओताकु नेपाली कम्यूनिटीले सामूहिक दशैँ टिका लगाउने

टोकियो,११ असोज । ओताकु नेपाली कम्यूनिटी कामताको आयोजनामा दशैँको शुभकामना आदानप्रदानसहित सामूहिक दशैँको टिका लगाउने भएको छ ।
ऒताकुमा बस्ने र संपुर्ण नेपाली दाजु भाई तथा दिदि बहिनिहरुलाई सेक्टेम्बर ३० तारीख़ अर्थात दशैँको दिनमा नेपालीहरुको बडादशैं, तिहार, छठ र नेपाल संवतको शुभकामना आदानप्रदान सहित सामुहीक टिका लगाउने कार्यक्रमको आयोजना गरिएको कामता निवासी कुलचन्द्र खरेलले जानकारी दिनुभयो ।
साथै उक्त सामूहिक टिका आयोजना गरिएको हुनाले उक्त दिन कामताको सुन साई इचागाया कामता ५-२१-१३ सोलमारी रेष्टुरेण्ट्को तल दिनको १ बजे बाट ४ बजेर ३० मिनेटसम्म सहभागिताको लागी अनुरोध गरेको छ ।

उक्त सामूहिक टिकाको ओताकु नेपाली कम्यूनिटी कामताको संयोजनमा ओताकु निवासी केसब अधिकारीले आयोजना गरेका हुन । सो टिका लगाउने कार्यक्रमलाई दिपेन्द्र के सी,कुलचन्द्र खरेल,अर्जुन अधिकारी,सालिक राम भण्डारी,हिमाल पन्थी,कमल अधिकारी,माधब गौतम ,सुजन बुढाथोकी,शिब पराजुलीले मुख्य भूमिका खेलेका छन ।

उक्त दिन सहभागी हुनेहरूको लागी सम्प्रर्क नम्बर : ०९०-३५९०-०१०८ , ०९०-१७०२-४०४९ ,०९०-६५०२-८०५५, ०८०-३३५५-७६४३ नम्बरहरूमा सम्पर्क गर्न अनुरोध गरेको छ ।